समाचार

  • नेकपा मसाल सम्पर्क केन्द्र माओवादीमा विलय
    नेकपा मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

    काठमाडौं । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

    विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ । माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

राजनीति

स्वास्थ्य

  • नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपीडी चलाउने

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । शनिबार (भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपीडी संचालन गर्ने अस्पतालले जानकारी दिएको छ ।  निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी संचालन हुनेछ ।

    मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । नर्भिकले अस्पतालमा उपलब्ध मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरूमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ ।

    नर्भिक अस्पतालमा सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पिसीएनएल तथा अल्ट्रा मिनी पिसीएनएल उपलब्ध छ । यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत अस्पतालले भित्र्याएको छ । निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीहरूले माथि उल्लिखित विभिन्न विधिहरूबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ ।

    नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउनसक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Double Categories Posts 2