Breaking News

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

समाचार, Breaking News, प्रमुख समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ । अर्को सूचना जारी गर...
बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

Breaking News, प्रमुख समाचार, मनोरन्जन, समाचार
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको...
बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

समाचार, Breaking News, प्रमुख समाचार
काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ। सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो। डोजर चल्न थालेपछि उक्त स्थानमा मानिसहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो। महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो। पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्छटिमेटम दिने र डोजर समेत चलाउने काम गरिरहेको छ। तस्बिरहरू ...
राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

Breaking News, राजनीति, समाचार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिंड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीं कतै लेखेर दिनुपर्छ भनेर लेखेर दिन पनि तयार छु ।’   ...
ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने । पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए । दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भा...
नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाले बताए ।...
१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

प्रमुख समाचार, Breaking News, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’ नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।...
बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

Breaking News, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् । शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् । ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् । पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री...
हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

समाचार, Breaking News, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’ एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ !...
साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार

साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार

Breaking News
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।