
“हाम्रो संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै”- राजेन्द्र चटौत
देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा " हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही नभएको " बताए। उनले भने " नेपालका प्रमुख दलहरुलाई आज आनन्द छ, जनतालाई संविधानले ग्यारेन्टी गरेका अधिकार डेलिभर नगर्दा कहिँ कतै विद्रोह छैन । राजसी भोगविलास र राज्य सत्ताको यात्रामा जनता र झोले कार्यक्रतामा केही फरक नहुनु आज दुखद कुरो हो। राजनैतिक दलले सैधान्तिक रुपले आफुले आफैलाई र जनतालाई ढाटिरहेका छन् । प्रजातान्त्रिक समाजवादको अभियासवाट हामी निकै पर छौ। एमाले, माओबादी र कांग्रेसले अब पुजिबादलाई अङ्गीकार गरेर मुलुकको सम्पन्नता तिर लाग्नु...