सुरक्षा/अपराध

बुटवलको होटलमा युवायुवती मृत फेला

बुटवलको होटलमा युवायुवती मृत फेला

समाचार, सुरक्षा/अपराध
बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । ...
प्रहरी प्रधान कार्यालयले ४३ डिएसपी को काज सरुवा गरेको छ

प्रहरी प्रधान कार्यालयले ४३ डिएसपी को काज सरुवा गरेको छ

प्रदेश न. ३, समाचार, सुरक्षा/अपराध
श्रावण २०| बुटवल , प्रहरी कार्यालयले जनपद तर्फका कुल ४३ जना डिएसपी को सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी अर्घाखाँची मा कार्यरत डिएसपी अमर बहादुर थापा प्रहरी प्रधान कार्यालय मानव स्रोत कर्मचारी प्रशासन शाखा मा र दाङ बाट सरुवा भएका मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मा सरुवा भएका छन। यसै गरि पर्वत का शिवराज बुढाथोकी काठमाडौ उपत्यका प्रहरी रानिपोखरी सरुवा भएका छन भने उनका ठाउँ मा मधुसूदन न्यौपाने सरुवा गरिएका छन। यसै गरि रबिन बिष्ट प्रहरी बृत्त बालाजु र कोपिला चुडाल प्रहरी बृत्त दरबार मार्गमा सरुवा भएको छ। ...
बाबू छोरा एकैदिन नेपाल प्रहरीमा डिएसपीको दर्ज्यानी चिन्ह द्वारा सुशोभित

बाबू छोरा एकैदिन नेपाल प्रहरीमा डिएसपीको दर्ज्यानी चिन्ह द्वारा सुशोभित

प्रदेश न. १, समाचार, सुरक्षा/अपराध
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहकाबीच बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीलाई डीएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।केहिदिन अघि जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा सिफारिस भएका थिए । ...