बिजनेस

काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिने अल्टिमेटम

समाचार, बिजनेस
काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई कर बुझाउन सात दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले आइतबार सात वटा क्यासिनोलाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो। आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कर नबुझाएको भन्दै प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण बुझाउन महानगरले ताकेता गरेको हो। यस्तै नियमअनुसार लाग्ने जरिवानासमेत सात दिनभित्र बुझाउन महानगरले भनेको छ। महानगरले वडा नम्बर १ मा रहेका म्यारियटको डेल्टीन क्यासिनो होटल, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, वडा नम्बर २को र्‍याडिसन होटलको क्यासिनो र्‍याट, वडा नम्बर ६मा रहेको हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसनलाई पत्र लेखेको हो। यस्तै वडा नम्बर १३ मा रहेको सोल्टी होटलको माजोङ्ग इन्टरटेनमेन्ट, वडा नम्बर २६का एलफ्टको काल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई महानगरले पत...
बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

अन्तराष्ट्रिय, बिजनेस
भारतको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो हुँदा उ विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ । भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ । बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ । बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् । अन्तिम चरणमा विदेश मन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक भिँड्दैछन् । मतसर्वेक्षणहरुले ट्रसले सुनकलाई हराउने देखाएको छ । बेलायतको अन्य आर्थिक सूचक पनि त्यति सुखद देखिँदैन । त्यहाँ अहिले चार दशकपछिकै तिव्र मुद्रास्फिर्ती भइरहेको छ । बैंक अफ इंग्ल्याण्डले बेलायतमा अहिलेको आर्थिक परिस्थितिले गर्दा मन्दीको जोखिम रहेको र त्यो मन्दी सन् २०२४ सम्म रहनसक्न...
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

बिजनेस, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने । अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ । आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।...
महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

बिजनेस, प्रमुख समाचार, समाचार
काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो। ‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ,’ उनले भने, 'अन्य कर भने तिर्नुभएको छैन।' अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ। यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ। ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,' उनले भने, 'व्यवसाय कर एकद‍ेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।' ६० रोपनी जग्गा समाज कल्याण परिष...
रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन

रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन

बिजनेस, प्रमुख समाचार, समाचार
काठमाडौँ — रत्नपार्कस्थित विद्युत् प्राधिकरणले आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । उद्घाटनका क्रममा मन्त्री भुसालले स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताइन् । देशका विभिन्न शहरमा प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन...
सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

बिजनेस, प्रमुख समाचार, विज्ञान/प्रविधि, समाचार
काठमाडौं। सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गरे । सशस्त्र प्रहरीका ब्यारेकहरुमा सञ्चालित मेसहरुमा भइरहेको एलपी ग्याँसको प्रयोगलाई विस्थापित गर्न क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने छ । प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधारहरु बनाइदिने छ । कार्यक्रममा महानिरीक्षक अर्यालले देशभर उपस्थित सशस्त्र प...
काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

बिजनेस
काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो । अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् । महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ । ‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर विवरण संकलन गर्ने र त्यसअनुसार कारवाही गर्ने गरी निर्देशन भएको छ ।’ वडा कार्यालयहरुलाई पनि यसमा जिम्म्ेवार बनाउने गरी...
५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

बिजनेस
काठमाडौं । नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने सहमति भएको छ । भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन । ‘बंगलादेश र नेपालबीचको विद्युत् व्यापारमा हामीले मात्रै सहमति गरेर हुँदैन, भारत नेपाल र बंगलादेशबीच त्रिपक्षीय सम्झौता नै हुनुपर्छ,’ बैठकमा सहभागी एक अधिकारीले भने,’भारत सहमत भएपनि ५० मेगा...
आठ ट्रक सुपारी विवाद पुग्यो अदालतमा

आठ ट्रक सुपारी विवाद पुग्यो अदालतमा

बिजनेस
भारत निकासी भइसकेको अवस्थामा फर्काइएको आठ ट्रक सुपारीको विवाद उच्च अदालत पुगेको छ । सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरे ट्रक छुटाउन अन्तरिम आदेश माग गर्दै उच्च अदालत पुगेका हुन् । उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।