
अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने
काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् ।
स्मरण रहोस् ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ ।
ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ ।
...