काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।
२१ भाद्र २०७९, मंगलवार२१ भाद्र २०७९, मंगलवार२१ भाद्र २०७९, मंगलवार by EvoiceNepalNo Comments
काठमाडौँ — भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले किक्रेटको सबै प्रकारका खेलबाट संन्यासको घोषणा गरेका छन् । रैनाले ट्वीट गर्दै यसको जानकारी गराएका हुन् ।
'मेरो देश तथा यूपी (उत्तर प्रदेश) राज्यका प्रतिनिधित्व गर्न पाउन मेरो सौभाग्य थियो । मेरो क्षमतामाथि विश्वास गर्ने र सधैं मेरो साथ दिने बीसीसीआई, यूपी क्रिकेट एसोसिएसन, चेन्नई सुपर किङ्स, राजीव शुक्ला र मेरो सबै प्रशंसकलाई धन्यवाद भन्न चाहन्छु,' रैनाले ट्वीटमा लेखेका छन् । रैनाले २०२०२ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएल भने खेलिरहेका थिए ।
रैना आईपीएलमा अन्तिम पटक चेन्नई सुपरकिङ्स टिमबाट खेलेका थिए तर गत आईपीएलमा कुनै पनि फ्रेन्चाइजीले खरिद गरेन ।
सुरेश रैना सन् २००५ मा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय म्याचको करिअरको सुरुवात गरेका थिए । उनले सन् २०१८ मा इङल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय ट्वान...
१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार by EvoiceNepalNo Comments
पूर्व कप्तान विराट कोहलीको अर्धशतकको मद्दतले भारतले सुपर फोरको खेलमा पाकिस्तानलाई जीतका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । कोहलीले ६० रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
अन्तिम ओभरमा रन आउट हुन अघि कोहलीले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै भारतका लागि ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले समान २८(२८ रन बनाए । दीपक हुडाले १६ तथा ऋषव पन्तले १४ रनको योगदान दिए । पाकिस्तानका लागि सदाब खानले २ विकेट लिए ।...
१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार by EvoiceNepalNo Comments
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले आइतबार मल्लको कप्तानीमा टोली घोषणा गरेको हो । जसमा मल्लसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुबास खकुरेल, इशान पाण्डे, रामनरेश गिरी लगायत छन् ।
यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका रित गौतम, नन्दन यादव, प्रतिश जिमी, सूर्य तामाङ लगायत छन् । खकुरेल टिमको उपकप्तान र विकेटकिपरको भुमिका छन् । बागमती प्रदेशले छनोट प्रतियोगिता गराएर अन्तिम टिम छनोट गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।
तर पुरुष क्रिकेट भने यही भदौ २३ गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी छ । नेपाल टी-२० लिगसँग समय जुधेकोले पुरुष क्रिकेट अगाढि नै गर्न लागेको हो ।
बागमती प्रदेशको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (उ...
१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार by EvoiceNepalNo Comments
काठमाडौं । बंगलादेशी विकेटकिपर ब्याटर मुस्फिकर रहिमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । रहिमले आइतबार ट्वीट गर्दै टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको र अब टेष्ट र एकदिवसीय क्रिकेटमा केन्द्रित हुने बताएका छन् ।
सन् २००७ देखि सुरु भएको टी-२० विश्वकपको हरेक संस्करण खेलेका मुस्फिकर सन्यासपछि अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा टिममा हुने छैनन् । युएईमा भइरहेको एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएपछि मुस्फिकर रहिमले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका हुन् ।
उनले फ्रेन्चाइज क्रिकेट भने खेल्ने बताएका छन् । ३५ वर्षीय मुस्फिकर रहमिले बंगलादेशका लागि १०२ टी-२० अन्तर्राष्ट्रिय खेल्दै एक हजार पाँच सय रन बनाएका छन् । उनले सन् २००६ मा जिम्बावे विरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।...
१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार१९ भाद्र २०७९, आईतवार by EvoiceNepalNo Comments
काठमाडौं । सन् २०११ मा पहिलोपल्ट आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप नेपालले नै चार पटक आयोजना गरिसकेको छ । अहिलेसम्म ६ वटा च्याम्पियनसिप भएकोमा नेपालले ३ पटक फाइनल खेलेको छ । तर उपाधि जित्न सकेको छैन । तीनै पटक फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसबाहेक बंगलादेशले २ पटक र पाकिस्तानले १ पटक उपाधि उचालेका छन् ।
सुरुमा यू-१६ को नामबाट सुरु भए पनि पछिल्ला तीन संस्करण यू-१५ को नामबाट भएको थियो । यसपटकदेखि साफ यू-१७ च्याम्पियनसिपको नामबाट यस प्रतियोगिता आयोजना हुँदैछ । सोमबारदेखि श्रीलंकामा सातौं संस्करण आयोजना हुँदैछ र यस पटक नेपालको एउटै मात्र लक्ष्य छ- उपाधि जित्नु । प्रशान्त लक्समको कप्तानीमा कोलम्बोमा पुगेको टोलीले त्यहाँ केही दिन प्रशिक्षण पनि गर्यो ।
च्याम्पियनसिपको अघिल्लो दिन आज (आइतबार) भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान लक्समले पनि नेपाल...
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लागेको पहिलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका लागि खेलाडी अनुबन्ध (ड्राफ्ट) मिति नजिकिँदा सहभागी टिमले पूर्णता पाउन सकेको छैन ।
साउन २ गते प्रतियोगितामा सहभागी ६ मध्ये चार टिमको घोषणा गरेको क्यानले बाँकी टिमकै आग्रहमा नाम सार्वजनिक नगरेको बताएको थियो । दुई टिम एक सातापछि घोषणा गर्ने क्यान पदाधिकारीले अनौपचारिक कुराकानीमा बताएका थिए । एकैपल्ट टिम घोषणा गर्न नसकेको भनेर क्यानको आलोचना पनि भएको थियो ।
...