प्रमुख समाचार

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला

समाचार, प्रमुख समाचार
काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।   महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।   ...
असोज १ मा सभामुखले सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने

असोज १ मा सभामुखले सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने

राजनीति, प्रमुख समाचार, समाचार
२०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । ‘आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन असोज २ गते तय भएकाले त्यसअघि सांसदहरुलाई बिदाइ गर्न लागिएको हो’संसद सचिवालय स्रोतले भन्यो, ‘असोज १ मा अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम छ ।’...
ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

समाचार, प्रमुख समाचार, राजनीति
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताए । उनले भनेका छन्, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’ सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे । तर अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारुढ माओवादीका अध्यक्षले भनेका छन् नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डको आदेशमा ...
९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

समाचार, Breaking News, प्रमुख समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ । अर्को सूचना जारी गर...
अखिल क्रान्तिकारीको मञ्चमै प्रचण्ड-जनार्दनबीच नोकझोक (भिडिओ)

अखिल क्रान्तिकारीको मञ्चमै प्रचण्ड-जनार्दनबीच नोकझोक (भिडिओ)

समाचार, प्रमुख समाचार, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीकै नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै नोकझोक भएको छ। अखिल क्रान्तिकारीले चुनाव केन्द्रित भएर आयोजना गरेको 'क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम'मा प्रचण्ड र शर्मा एक अर्काप्रति आक्रमक रूपमा प्रस्तुत भए। प्रचण्डभन्दा अघि बोलेका शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताएका थिए। उनले उपमहासचिव पद अस्वीकार गरेको त बताएनन् तर आफूलाई उपमहासचिव बनाएकोप्रति असन्तुष्टि भने पोखेका छन्। उनले अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि पनि मञ्चमै पोखेका थिए। प्रचण्डको सबैभन्दा ठूलो रक्षक र सबैभन्दा ठूलो आलोचक आफू नै रहेको जनार्दनले बताए। 'म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो मा...
बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

Breaking News, प्रमुख समाचार, मनोरन्जन, समाचार
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको...
नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

समाचार, प्रमुख समाचार
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति कार्यालय पठाइएको हो । 'सभामुखबाट प्रमाणित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । सोमबार साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको हो,' ती अधिकारीले भने । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्...
सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

प्रमुख समाचार, समाचार
मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’ विज्ञप्तिमा उनले क्यानाडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् । सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झूटो आरोपमा थुनाएको आरोप लगाएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले भने यसअघि नै गुरूङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन् । श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्युरिटीका...
हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

प्रमुख समाचार, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । काठमाडौं प्रहरीका एक उच्च अधिकृतले भने, ‘हिरासतमा राखिएको व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानबिन गर्न निर्देशन छ, त्यही अनुसार समिति गठन भएको हो ।’ छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उ...
संसद्को कार्यकाल थप्ने प्रक्रियाप्रति निर्वाचन आयोगको आपत्ति

संसद्को कार्यकाल थप्ने प्रक्रियाप्रति निर्वाचन आयोगको आपत्ति

समाचार, प्रमुख समाचार
निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरकफरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। ‘निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म काय...