मनोरन्जन

भ्वाइस अफ नेपालका कोचको कुर्सीमा बस्ने अवसर

भ्वाइस अफ नेपालका कोचको कुर्सीमा बस्ने अवसर

मनोरन्जन
काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन शुक्रबारदेखि सुरु हुँदैछ । शोको टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ । यो मेसोमा रियालिटी शोमा कोच बस्ने कुर्सीमा अब सर्वसाधारण दर्शक पनि बस्न पाउने भएका छन् । कार्यक्रमप्रति दर्शकको चाख बढाउन निर्माताले कुर्सीमा बस्ने अवसर ल्याएका हुन् । काठमाडौंका विभिन्न व्यावसायिक मलमा कोच बस्ने कुर्सीलाई नै लगेर दर्शकलाई त्यहाँ बस्ने अवसर प्रदान गरिएको छ । गोंगबुको बीजी मलमा शनिबार र आइतबार कोचको घुम्ने कुर्सी राखियो । जहाँ बसेर धेरैले घुम्ने कुर्सीको आनन्द लिए । दर्शकसँग घुलमिल हुन कोच प्रविशा अधिकारी पनि त्यहाँ पुगेकी थिइन् । जहाँ उनले कार्यक्रमको चौथो सिजन शुक्रबारदेखि प्रसारण सुरु हुन लागेको जनाइन् । त्यहाँ उनले आफ्ना हिट गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिलाइन् । सोमबार र मंगलबार सिभिल मलमा कुर्सी राखियो । जहाँ सिजन २ का फाइनल...
कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

मनोरन्जन
काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले शााहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो । जिल्ला अदालतले त्यो अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको बताए । ‘आरोपितमाथि जबर्जस्ती करणीको आरोप ठहर हुन नसक्ने फैसला भएको छ,’ उनले भने, त्यो अभियोगमा सफाइ पाए पनि आरोपित शाहले बाल यौन दुरुपयोग गरेको देखियो, त्यही ठहरका आधारमा कैद र जरिवानाको फैसला भएको ...
बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

Breaking News, प्रमुख समाचार, मनोरन्जन, समाचार
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको...
‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

मनोरन्जन
काठमाडौं । चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दालाई लिएर नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिए । शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका छन् । तर कपिलले चाहिं यसबारे निधो दिइसकेका छैनन् । ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ, तर निधो आइसकेको छैन । यदि सुटिङ भयो भने सेप्टेम्बर १४-१५ तिर हुन्छ,’ सेनले अनलाइनखबरसँग भने । यसैसाता ‘प्रेमगीत ३’ का निर्माता र कलाकारसँग मनिषाको मुम्बईस्थित निवासमा यसबारे छलफल भएको थियो । उनले सामाजिक सञ्जालबाट पनि फिल्मको प्रमोसन गरिरहेकी छन् । बलिउडका केही सञ्चारमाध्यम र युट्युब च्यानलले पनि इन्डो-नेपाली प्रोजेक्ट ‘प्रेमगीत ३’ ला...
सलमान खानको नयाँ फिल्मको टिजर सार्वजनिक (भिडिओ)

सलमान खानको नयाँ फिल्मको टिजर सार्वजनिक (भिडिओ)

मनोरन्जन
सलमान खानको आगामी फिल्म 'किसीका भाइ किसीकी जान'को औपचारिक घोषणा गरिएको छ। सोमबार उनले फिल्मको शीर्षक सार्वजनिक भएका हुन्। केही समयअगाडि यो फिल्मको नाम 'कभी इद कभी दिवाली' बताइएको थियो। सलमानले टिजर सार्वजनिक गर्दै फिल्मको नयाँ नाम सार्वजनिक गरेका हुन्। सार्वजनिक टिजरमा उनी लामो कपालमा देखिएका छन्। फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीको अभिनय रहने छ। यो फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।   ...
‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने

‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने

मनोरन्जन
विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । पछिल्लो रिपोर्ट अनुसार विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको थियो । तर, लाइगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । न्युज १८ को रिपोर्ट अनुसार अभिनेताले निर्मातालाई ६ करोड भारुभन्दा बढी फिर्ता दिने निर्णय गरेका छन् । फिल्म फ्लप भएपछि विजयले चार्मी कौर र अन्य सह-निर्माताहरूलाई समर्थन गर्ने निर्णय गरेको समाचारमा बताइएको छ । विजय देवरकोंडाले आफ्नो अर्को प्रोजेक्ट 'जन गण मन' निर्देशक पुरी जगन्नाथसँग गर्न लागेका छन् । बक्स अफिसमा लाइगरको असफलताले उनको अर्को फिल्मलाई पनि असर गर्न सक्छ । रिपोर्टका अनुसार लागरको असफलतालाई मध्यनजर गर्...
त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’

त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’

मनोरन्जन
डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको स्पष्टिकरण सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो । त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ । तर मिडियामा ‘प्रेमी सार्वजनिक’ भनेर खबर प्रकाशित भए ।’ ‘बिहान यो खबर आएदेखि नै मैले घर, परिवार र आफन्तबाटसमेत धेरै गाली खाइरहेकी छु,’ उनले भनिन् । उनले यसबारे गलत समाचार सम्प्रेषण नगरिदिन मिडियालाई आग्रहसमेत गरेकी छिन् ।...
‘द कपिल शर्मा शो’ फेरि सुरू हुँदै, फिल्म असफल हुनुमा अक्षयले लगाए कपिललाई दोष

‘द कपिल शर्मा शो’ फेरि सुरू हुँदै, फिल्म असफल हुनुमा अक्षयले लगाए कपिललाई दोष

मनोरन्जन
भारतीय कमेडियन कपिल शर्मा चर्चित कार्यक्रम 'द कपिल शर्मा शो' को तेस्रो सिजन लिएर आउँदैछन्। सेप्टेम्बर १० देखि कपिल शोको नयाँ सिजन सोनी टेलिभिजनबाट प्रदर्शन हुनेछ। कार्यक्रमको नयाँ प्रोमो भिडिओ सार्वजनिक भइसकेको छ। प्रोमोमा अभिनेता अक्षय कुमार र अभिनेत्री रकुलप्रित सिंहलाई देख्न सकिन्छ। उक्त भिडिओमा अक्षयले कपिललाई दोष पनि लगाएका छन्। उनले आफ्नो फिल्म असफल हुनुमा कपिलको दोष भएको भनेका छन्। कपिलले स्टेजमा बोलाएर अक्षयलाई सोध्छन्, 'हरेक जन्मदिनमा तपाईं एक वर्ष जवान कसरी देखिनुहुन्छ?' जवाफमा अक्षय भन्छन्, 'यो मान्छे मेरा हरेक कुरामा यति धेरै नराम्रो नजर लाउँछ कि, मेरा फिल्महरूमा, मेरो पैसामा नजर लगाइदियो। अब मेरा फिल्म चल्नै छाडे।' अक्षयले मजाक गरेको सुनेर सबै जना हाँस्न थाल्छन्। अक्षय कुमार र रकुलप्रित सिंहको नयाँ फिल्म 'कठपुतली' हालै रिलिज भएको हो। कठपुतली अक्षयको यो वर्षको चौथो असफल फ...
१७ वर्षअघि खिचिएको अक्षय र प्रियंका अभिनित ‘वो पहली बरसात’ गीत रिलिज

१७ वर्षअघि खिचिएको अक्षय र प्रियंका अभिनित ‘वो पहली बरसात’ गीत रिलिज

मनोरन्जन
काठमाडौं । बलिउड अभिनेता अक्षयकुमार र अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘ऐतराज’ र ‘मुझसे शादी करोगी’ जस्ता हिट फिल्ममा एकसाथ अभिनय गरेका छन् । तर फिल्म ‘वक्त’पछि भने यी दुईले सँगै स्क्रिन सेयर गरेका छैनन् । यो जोडीलाई सँगै पर्दामा देख्न चाहने दर्शकको संख्या ठूलो छ । यी दुईलाई सिनेमा हलको पर्दामा तत्कालै एकसाथ देख्न पाउने सम्भावना नरहे पनि १७ वर्षअघि खिचिएको एक गीतमा भने अक्षय र प्रियंका एकसाथ देखिएका छन् । सन् २००५ मा छायांकन गरिएको फिल्म ‘बरसात’को गीत ‘वो पहली बरसात’ गीत हालै रिलिज भएको छ । गीतमा अक्षय र प्रियंका रोमान्टिक र हट अवतारमा प्रस्तुत छन् । यो गीत १७ वर्षपछि आएर सार्वजनिक गर्नुको कारण भने रोचक छ । खासमा फिल्म ‘बरसात’मा सुरुमा अक्षयकुमार अनुबन्धित थिए । तर पारिवारिक कारण देखाउँदै उनले बीचमै यो फिल्म छोडे । गीत भने खिचिसकिएको थियो । अक्षयले छोडेपछि निर्देशक सुनिल दर्शनले उनको...
नोरा फतेहीसँग ६ घण्टा सोधपुछ, महँगो उपहारबारे सोधिए यस्ता प्रश्न

नोरा फतेहीसँग ६ घण्टा सोधपुछ, महँगो उपहारबारे सोधिए यस्ता प्रश्न

मनोरन्जन
दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले शुक्रबार बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ प्रकरणमा सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको छ र अब १२ सेप्टेम्बरमा फेरि सोधपुछ गरिने छ । सुकेश चन्द्रशेखर २०० करोड भारुको ठगी मुद्दामा अभियुक्त हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप छ । उनले नोरा फतेही र ज्याकलिन फर्नान्डिजलाई महँगो उपहार दिएको पनि आरोप छ । नोरा फतेहीलाई सोधपुछका क्रममा सुकेश चन्द्रशेखर र उनको उपहारबारे करिब ५० प्रश्न सोधिएका थिए । शुक्रबार राति आठ बजेसम्म उनीसँग सोधपुछ गरिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार उनलाई के उपहार पाइन्, उनी कोसँग कुरा गर्थिन्, उनले सुकेश र उनकी श्रीमतीलाई कहाँ भेटिन्लगायतका प्रश्न सोधिएको थियो । थप केही प्रश्नको जवाफमा नोराले ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको र स...