मनोरन्जन

‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल

‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल

अन्तर्वार्ता, मनोरन्जन
आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ । उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् । अक्सर मानिस आफ्नो सपना पूरा हुँदा हाँस्छन् । उनी भने ताज पहिरिँदै गर्दा स्टेजमै रोएकी थिइन् । त्यो आँसु आफ्नो खुसीको भएको उनले बताइन् । ‘सन् २०१९ देखिको मेरो सौन्दर्य प्रतियोगिता यात्रा थियो । यो समयकै लागि आफूलाई निखार्न म विभिन्न सौन्दर्य प्रतियोगितामा पनि भाग लिएको थिएँ,’ उनले भनिन्, ‘तीन वर्षको मिहिनेतपछि उपाधि हातपर्दा आँसु थाप्न सकिनँ ।’ सपना पूरा भएको बेला खसेको आँसु खुसीले झरेको उनले...
मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

मनोरन्जन
काठमाडौं । गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ । २७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन् । नेपाली फेसन डिजाइनर प्रबल गुरुङसँग गिगीको निकट सम्बन्ध छ । हलिउड म्यागजिन इनटच विक्लीले लियो र गिगीले पछिल्लो गर्मीयाममा केही समय सँगै बिताएको उल्लेख गरेको छ । निकट स्रोतका अनुसार केही समयदेखि नै यी दुई एकअर्कामा परिचित पनि छन् । ‘उनीहरु एकअर्काप्रति आकर्षित भएका छन् । गिगी गर्जियस र सेक्सी पनि छिन्, तर लो–प्रोफाइलमा पनि छिन्,’ स्रोत भन्छ । स्रोत यो पनि दाबी गर्छ कि दुवैका प्रशस्तै म्युचुअल फ्रेन्ड्स पनि छन् । उनीहरु अहिले राम्रा सा...
ज्याकलिनका लागि सुकेशले श्रीलङ्कामा किनेका थिए घर, बहराइन–मुम्बईमा पनि बंगलाका लागि दिएका थिए ‘एड्भान्स’

ज्याकलिनका लागि सुकेशले श्रीलङ्कामा किनेका थिए घर, बहराइन–मुम्बईमा पनि बंगलाका लागि दिएका थिए ‘एड्भान्स’

मनोरन्जन
२०० करोड भारुको मनी लन्ड्रिङ केसको आरोपपत्रमा प्रवर्तन निर्देशनालय (इडी) ले ठूलो खुलासा गरेको छ । मुख्य आरोपी सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई घोडा, बिरालो र गहना मात्रै नभई नायिकाका लागि श्रीलङ्कामा एउटा घर पनि किनेको खुलासा भएको छ । यसका साथै, बहराइन र मुम्बईमा पनि एउटा–एउटा घर किन्नका लागि एड्भान्स दिइसकेका थिए । बहराइनमा ज्याकलिनका आमाबुवा बस्छन् । ईडीले आफ्नो आरोपपत्रमा ज्याकलिनलाई सुकेश ठग भएको कुरा थाहा थियो भनी दाबी गरेको छ । उनीविरुद्ध मुद्दा चलिरहेको छ । ज्याकलिनले श्रीलङ्कामा घर किन्ने कुरा सुकेशले बताएको स्वीकार गरिन् । तर, उनी त्यो घरमा कहिल्यै गइनन् । यो सम्पत्ति श्रीलङ्काको वेलिगामा रहेको बताइएको छ । यो श्रीलङ्काको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यसबाहेक जुहूमा बंगला पनि बुक गरिएको थियो । यति मात्र होइन, उनले ज्याकलिनका अभिभावकलाई बहराइनमा एउटा घर उपहार ...
‘काटा लागा गर्ल‘ शेफालीकाे बाेल्ड लुक्समा खुलेकाे जवानी…..[हेर्नुहाेस् तस्विरहरू]

‘काटा लागा गर्ल‘ शेफालीकाे बाेल्ड लुक्समा खुलेकाे जवानी…..[हेर्नुहाेस् तस्विरहरू]

मनोरन्जन
सामाजिक सञ्जालमा बलिउड अभिनेत्री शेफाली जरीवाला असाध्यै क्रियाशील छिन् ।निकै हट तस्बिर शेयर गर्ने गर्छिन् उनले प्राय। बलिउडमा शेफाली ‘काटा लागा गर्ल‘ को उपनामले चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरेकी थिइन्। त्यसैबाट उनले ‘काटा लागा गर्ल‘ उपमा पाएकी हुन । उक्त गीत हिट भएको थियो । शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् । उनलाई दर्शकले खुब मन पराएका थिए । शेफाली जारीवालाको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो । यो हिसबले उनि ४० बर्षकी भइसकिन् तरपनि उनको सुन्दरताको चर्चा चलिरहन्छ । उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटि सो मा समेत काम गरीसकेकी छिन् । पछिल्लो समय उनले सेतो वानपिसमा देखिएकी छन् । जहाँ उनी निकै बोल्ड देखिएकी छन । त्यस्तै केही दिन अगाडी उनले अति आर्कषक र सुन्दर तस्बिर सार्वजनिक गरेको थिइन् ...
राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस

राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस

समाचार, मनोरन्जन, राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ। प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ। राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो। उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए। मोरङ-३ मा अघिल्लो चुनावमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए। वाम गठबन्धनबाट उनले जित्दा काँग्रेस उम्मेदवार सुनिल शर्मा झिनो मतान्तरले पराजित भएका थिए। यसपटक पनि ढकाल र शर्माको नजर यही क्षेत्रमा छ। राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ। थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ। मिस कोशीको उपाधि जितेर न...
हट एण्ड स्टाइलिस प्रियंका ! तस्वीरहरु

हट एण्ड स्टाइलिस प्रियंका ! तस्वीरहरु

मनोरन्जन
काठमाडौं । हट, बोल्ड एण्ड स्टाइलिस ! यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी प्रियंका लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ ।’ मनिष राईले डिजाइन गरेको कालो गाउनमा प्रियंका मादक देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी तुल्याएको छ । प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छिन् । तस्वीरहरु ...
शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

मनोरन्जन
काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्मात्री देवकी विष्टले भनिन्, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’ तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाइन् । ‘तीजको दिनमा शो बढ्ला कि भन्ने आशा थियो, त्यो पनि भएन । त्यसपछि रोक्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘बोल्नेहरुको शो बढाइएको छ, नबोल्नेको बढेन । हलहरुले गरेको विभेद हामीलाई स्वीकार्य छैन ।’ आफूहरुले प्रिमियरमा उपस्थित भएर प्रतिस्पर्धी फिल्म ‘प्रकाश’लाई सहयो...
नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

मनोरन्जन
काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् । शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् । आगामी साता ग्राण्ड प्रिमियरको एपिसोड प्रसारण हुने जनाइएको छ । केही महिनाअघि नै रियालिटी शो आयोजक र गोविन्दाबीच यसबारे सहमति भएको थियो सोहीअनुसार उनी गत विहिबार काठमाडौं उत्रिएका थिए । शुक्रबार र शनिबार काठमाडौंमा बिताएका गोविन्दा दम्पती आइतबार दिउँसो कोलकातातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।...
शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

मनोरन्जन
काठमाडौं । शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स सेन्ट्रल सिनेमाका व्यवस्थापक शंकर नेपालले भने । ‘वर्ड अफ बलियो भएमा विकडेजमा पनि दर्शक आउन सक्छन्’ उनले भने । दुबै फिल्मको शुक्रबारे ओपनिङ कमजोर भएपनि शनिबार भने अकुपेन्सीमा वृद्धि भएको देखियो । शनिबार मल्टिप्लेक्सले सोज संख्या वृद्धि मात्र गरेनन्, दर्शक अनुकूल सोज समय पनि निर्धारण गरे । यी दुबै फिल्मले प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलेका छन् । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ले सरकारी शिक्षक बन्न संघर्ष गर्ने कर्णालीको एक ...
नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो

नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो

मनोरन्जन
विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा नेपालकी सुनमाया बुढाले रजत जितेकी छिन्। शुक्रबार राति फ्रान्समा सकिएको दौडमा उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्। शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिनले हात पारिन्। उनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौडमा पूरा गरिन्। तेस्रो स्थानमा रहेकी अमेरिकाकी अबी हलभन्दा सुनमायाले २७ मिनेट पहिले दौड पूरा गरिन्। हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड जितिन्। द नर्थ फेस एडभेन्चर टिममा आबद्ध सुनमायाले यसअघि थाइल्यान्डमा भएको दौडमा भने शीर्ष स्थान हात पारेकी थिइन्। गत बर्ष 'थाइल्यान्ड बाई युटिएमबी' अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो भएकी थिइन्। उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरूलाई समेत टक्कर दिएकी थिइन्। अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नत...