बुटवलको होटलमा युवायुवती मृत फेला

बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *