
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्को अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो ।
आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ। अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेको छ।
अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ। आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।