नेपाल टी-२० लिग : ड्राफ्ट मिति नजिकिँदै, टिम घोषणा अनिश्चित

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लागेको पहिलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका लागि खेलाडी अनुबन्ध (ड्राफ्ट) मिति नजिकिँदा सहभागी टिमले पूर्णता पाउन सकेको छैन ।

साउन २ गते प्रतियोगितामा सहभागी ६ मध्ये चार टिमको घोषणा गरेको क्यानले बाँकी टिमकै आग्रहमा नाम सार्वजनिक नगरेको बताएको थियो । दुई टिम एक सातापछि घोषणा गर्ने क्यान पदाधिकारीले अनौपचारिक कुराकानीमा बताएका थिए । एकैपल्ट टिम घोषणा गर्न नसकेको भनेर क्यानको आलोचना पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *