महिलामा यसकारण हुन्छ बाँझोपन, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ। केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो।

यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ । महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ । जसको कारण ओभरीमा गाठो पर्दै जान्छ ।

वंशाणुगत गुण, मोटोपन, अस्वस्थ खाना र मधुमेहको कारण यस्तो समस्या हुन सक्छ । यस्तो समस्याका कारण अनियमित रुपमा महिनावारी हुनुका साथै फर्टिलीटि घट्दै जान्छ, अर्थात बाँझोपन बढ्छ । साथै हृदयघातको उच्च सम्भावना रहन्छ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षणहरु

– तिव्र रुपमा तौल बढ्ने तथा घट्दै जान्छ ।

– लामो समयसम्म डन्डिफोर देखा पर्नु ।

– अनुहारमा अनावश्यक रुपमा रौ आउनु ।

– डिप्रेशनको समस्या बढ्नु।

बच्ने उपायहरु

– नियमित रुपमा व्यायाम गर्नुपर्छ ।

– यसमा फलफुल, हरियो सागपात, बदाम काजु र गेडागुडि खाने गर्नुपर्दछ ।

– मासु र चिल्लो पदार्थयुक्त खानेकुरा नखाने ।

– धुमपान नगर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *