गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर हुने गरेको बताएका छन् ।

बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताए ।

उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ,’ थापाले सुनाए, ‘…जिन्दगी नै यसरी जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’

कार्यक्रममा विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *