सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने ।

अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे ।

उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।

आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *