बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

भारतको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो हुँदा उ विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ । भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ । बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ । बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् । अन्तिम चरणमा विदेश मन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक भिँड्दैछन् । मतसर्वेक्षणहरुले ट्रसले सुनकलाई हराउने देखाएको छ ।

बेलायतको अन्य आर्थिक सूचक पनि त्यति सुखद देखिँदैन । त्यहाँ अहिले चार दशकपछिकै तिव्र मुद्रास्फिर्ती भइरहेको छ । बैंक अफ इंग्ल्याण्डले बेलायतमा अहिलेको आर्थिक परिस्थितिले गर्दा मन्दीको जोखिम रहेको र त्यो मन्दी सन् २०२४ सम्म रहनसक्ने बताएका छन् ।

बेलायतको अर्थतन्त्र थप घट्ने सम्भावना छ । यो वर्षको दोस्रो त्रैमासिकमा बेलायतको कुल ग्राहस्थ उत्पादन नगदी आधारमा जम्मा १ प्रतिशतले बढ्यो । यसलाई मुद्रास्फीति समायोजन गर्दा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको पाइएको छ ।

उता भारतीय अर्थतन्त्र भने यो वर्ष ७ प्रतिशतभन्दा बढी बढ्ने प्रक्षेपण छ, जुन विश्वकै उच्च आर्थिक वृद्धिमध्ये एक हुनेछ । मार्चमा भारतीय अर्थतन्त्रको आकार ८५४.७ अर्ब डलर रहेको आधारमा बेलायतको अर्थतन्त्र ८१६ अर्ब डलर थियो ।

आईएमएफकै प्रक्षेपण अनुसार भारतको यो वर्षको वार्षिक कुल ग्राहस्थ उत्पादनको आकार बेलायतको भन्दा बढी हुनेछ । योसँगै भारत अगाडि अब अमेरिका, चीन, जापान र जर्मनी मात्र रहनेछन् । एक दशकअघि विश्वको ११ औं ठूलो अर्थतन्त्र रहेको भारतले छोटो समयमा कुल ग्राहस्थ उत्पादनमा उलेख्य प्रगति गरेको हो । बेलायत भने एक दशकअघि पाँचौं स्थानमा रहेकोमा अहिले एक स्थान खस्केको हो । –ब्लुमवर्गबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *