मुस्फिकर रहिमले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । बंगलादेशी विकेटकिपर ब्याटर मुस्फिकर रहिमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।  रहिमले आइतबार ट्वीट गर्दै टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको र अब टेष्ट र एकदिवसीय क्रिकेटमा केन्द्रित हुने बताएका छन् ।

सन् २००७ देखि सुरु भएको टी-२० विश्वकपको हरेक संस्करण खेलेका मुस्फिकर सन्यासपछि अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा टिममा हुने छैनन् । युएईमा भइरहेको एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएपछि मुस्फिकर रहिमले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका हुन् ।

उनले फ्रेन्चाइज क्रिकेट भने खेल्ने बताएका छन् । ३५ वर्षीय मुस्फिकर रहमिले बंगलादेशका लागि १०२ टी-२० अन्तर्राष्ट्रिय खेल्दै एक हजार पाँच सय रन बनाएका छन् । उनले सन् २००६ मा जिम्बावे विरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *