ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीको टिम घोषणा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले आइतबार मल्लको कप्तानीमा टोली घोषणा गरेको हो । जसमा मल्लसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुबास खकुरेल, इशान पाण्डे, रामनरेश गिरी लगायत छन् ।

यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका रित गौतम, नन्दन यादव, प्रतिश जिमी, सूर्य तामाङ लगायत छन् । खकुरेल टिमको उपकप्तान र विकेटकिपरको भुमिका छन् । बागमती प्रदेशले छनोट प्रतियोगिता गराएर अन्तिम टिम छनोट गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

तर पुरुष क्रिकेट भने यही भदौ २३ गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी छ । नेपाल टी-२० लिगसँग समय जुधेकोले पुरुष क्रिकेट अगाढि नै गर्न लागेको हो ।

बागमती प्रदेशको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (उपकप्तान/विकेटकिपर), रित गौतम, इशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य,नन्दन यादव, प्रनित जिसी,रामनरेश गिरी,सुवास खत्री,सुर्य तामाङ,तिलक राज भण्डारी,दिपेश श्रेष्ठ, सुमन सुनुवार

वैकल्पिक : रिजन ढकाल, तक्षक सिंखडा, गौरव खड्का, कृजन गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *