
पूर्व कप्तान विराट कोहलीको अर्धशतकको मद्दतले भारतले सुपर फोरको खेलमा पाकिस्तानलाई जीतका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । कोहलीले ६० रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
अन्तिम ओभरमा रन आउट हुन अघि कोहलीले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै भारतका लागि ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले समान २८(२८ रन बनाए । दीपक हुडाले १६ तथा ऋषव पन्तले १४ रनको योगदान दिए । पाकिस्तानका लागि सदाब खानले २ विकेट लिए ।