त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’

डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको स्पष्टिकरण सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएकी छिन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो । त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ । तर मिडियामा ‘प्रेमी सार्वजनिक’ भनेर खबर प्रकाशित भए ।’

‘बिहान यो खबर आएदेखि नै मैले घर, परिवार र आफन्तबाटसमेत धेरै गाली खाइरहेकी छु,’ उनले भनिन् । उनले यसबारे गलत समाचार सम्प्रेषण नगरिदिन मिडियालाई आग्रहसमेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *