सुरेश रैनाले सबै प्रकारको क्रिकेटबाट लिए संन्यास

काठमाडौँ — भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले किक्रेटको सबै प्रकारका खेलबाट संन्यासको घोषणा गरेका छन् । रैनाले ट्वीट गर्दै यसको जानकारी गराएका हुन् ।

‘मेरो देश तथा यूपी (उत्तर प्रदेश) राज्यका प्रतिनिधित्व गर्न पाउन मेरो सौभाग्य थियो । मेरो क्षमतामाथि विश्वास गर्ने र सधैं मेरो साथ दिने बीसीसीआई, यूपी क्रिकेट एसोसिएसन, चेन्नई सुपर किङ्स, राजीव शुक्ला र मेरो सबै प्रशंसकलाई धन्यवाद भन्न चाहन्छु,’ रैनाले ट्वीटमा लेखेका छन् । रैनाले २०२०२ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएल भने खेलिरहेका थिए ।

रैना आईपीएलमा अन्तिम पटक चेन्नई सुपरकिङ्स टिमबाट खेलेका थिए तर गत आईपीएलमा कुनै पनि फ्रेन्चाइजीले खरिद गरेन ।

सुरेश रैना सन् २००५ मा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय म्याचको करिअरको सुरुवात गरेका थिए । उनले सन् २०१८ मा इङल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेल खेलेका थिए ।उनले भारतको तर्फतबाट २ सय २६ वटा अन्तर्राष्ट्रिय एकदीवसीय, ७८ वटा ट्वान्टी-२० र १८ वटा टेस्ट खेल खेलेका थिए। तीन वटै फर्म्याटमा शतक प्रकार गर्ने उनी पहिलो भारतीय खेलाडी हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *