भ्वाइस अफ नेपालका कोचको कुर्सीमा बस्ने अवसर

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन शुक्रबारदेखि सुरु हुँदैछ । शोको टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ । यो मेसोमा रियालिटी शोमा कोच बस्ने कुर्सीमा अब सर्वसाधारण दर्शक पनि बस्न पाउने भएका छन् । कार्यक्रमप्रति दर्शकको चाख बढाउन निर्माताले कुर्सीमा बस्ने अवसर ल्याएका हुन् ।

काठमाडौंका विभिन्न व्यावसायिक मलमा कोच बस्ने कुर्सीलाई नै लगेर दर्शकलाई त्यहाँ बस्ने अवसर प्रदान गरिएको छ । गोंगबुको बीजी मलमा शनिबार र आइतबार कोचको घुम्ने कुर्सी राखियो । जहाँ बसेर धेरैले घुम्ने कुर्सीको आनन्द लिए । दर्शकसँग घुलमिल हुन कोच प्रविशा अधिकारी पनि त्यहाँ पुगेकी थिइन् । जहाँ उनले कार्यक्रमको चौथो सिजन शुक्रबारदेखि प्रसारण सुरु हुन लागेको जनाइन् ।

त्यहाँ उनले आफ्ना हिट गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिलाइन् । सोमबार र मंगलबार सिभिल मलमा कुर्सी राखियो । जहाँ सिजन २ का फाइनलिस्ट आरिफ रौफ पुगेका थिए ।

बुधबार भक्तपुरको भाटभटेनीमा राखिएको कुर्सीमा बस्न गायक गोविन्द पुन पुगे । यसपछि ललितपुरस्थित लबिम मलमा कुर्सी राखिनेछ । सिजन ४ को भोलि (बिहीबार) ग्राण्ड प्रिमियर हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *