
श्रावण १९|बुटवल, पुर्व सचिव भिम उपाध्यायले नेपाल को अर्थतन्त्र बलियो बनाउनको लागि गांजालाई कानुनी मान्यता दिनु पर्ने बताएका छन। बिगत लामो समय देखि उपाध्याय ले गांजा लाई राज्यले कानुनी मान्यता दिएर आम नागरिकको जिवनमा आमूल परिवर्तन हुन सक्ने र देशको अर्थतन्त्र नै बलियो हुने कुराको वकालत गर्दै आएका छन। गांजा को जरो देखि फुल पात बोक्रा दाना सम्पुर्ण कुरालाई प्रसोधन गरेर उपयोग मा ल्याउन सकिन्छ भन्ने कुरा गर्दै आएका छन। भिम उपाध्याय ले आफ्नो सामाजिक सन्जाल फेसबुकमा मिति २०७९ श्रावण १९ गते लेख लेखेका छन “
आजदेखि प्रत्येक दिन अब म गॉजाको अर्थतन्त्र, राजनीति, समाज शास्त्र, विज्ञान, रसायन शास्त्र, कानुनी पक्ष, नविन रिसर्च र नविनतम विश्व समाचारका अपडेटहरू पोष्ट गरिरहने छु। नेपालमा गॉजालाई चुनावी एजेण्डा बनाउन पर्नुका कारण, यसका अर्थतन्त्र रोजगारी र विभिन्न क्षेत्रमा पर्ने सकारात्मक प्रभावका बारेमा सकेसम्म सरल भाषामा लेखिरहनेछु।
मेरो लेखनको ध्येय, उम्मेदवारहरू र तिनका दलहरूले अब गॉजा एजेन्डालाई बेवास्ता गर्छन् भने हामी पनि तिनलाई बेवास्ता गर्नेछौँ भन्ने प्रष्ट चेतावनी दिने हो। हामी नेपाली बेउकूफ नेताहरूका कारण गरिब भएर जन्म्यौँ होला, तर अब मर्दा गरिब भएर मर्न चाहन्नौँ, हामीलाई गरिब बनाएर मार्दै आएको अब सहन्नौँ। हामीसंग हाम्रो भविष्य बनाउन सक्ने सीप, उपाय र ऑट छ।
ईनफ ईज ईनफ!