समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकद्वारा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकद्वारा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

प्रदेश न. ६, समाचार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । डा.करण शाहका नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । भाद्र २ गते डा शाहमाथि आक्रमण भएको फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा पक्राउ पुर्जी जारी घटनाले आर्चय पारेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा समेत इमर्जेन्सी नगगरिने टाँका काट्ने कार्य नभएको भनि अनर्गल प्रसार गरी बाल अधिकार सम्बन्धि झूटा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको घटनाले मर्माहत भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो भएपूर्ण बाताबरण सेवा दिन असमर्थ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिष्ठानमै कार्यरत धनबहादुर शाहीले शाहमाथि कुटपिट गरेका थिए ।  ...
काठमाडौं पछी वीरगञ्ज महानगरको यस्तो निर्णय: सडक दायाँ-बायाँको घरको नक्सा लिएर आउन ३५ दिने सूचना

काठमाडौं पछी वीरगञ्ज महानगरको यस्तो निर्णय: सडक दायाँ-बायाँको घरको नक्सा लिएर आउन ३५ दिने सूचना

समाचार, प्रदेश न. २
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । हेर्नुहोस् सूचनाः   ...
बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

Breaking News, प्रमुख समाचार, मनोरन्जन, समाचार
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको...
दुई महिनाको पारिश्रमिकका लागि सांसद मरिहत्ते गरिरहेका छन् भन्ने बुझियो, बुझाइयो : थापा

दुई महिनाको पारिश्रमिकका लागि सांसद मरिहत्ते गरिरहेका छन् भन्ने बुझियो, बुझाइयो : थापा

समाचार, राजनीति
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी राख्न नसक्दा संसद्प्रति सही धारणा नबनेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याउँदा र त्यो विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद थापाले सांसदहरूमाथि पारिश्रमिक लिनका लागि यस्तो गरेको हो कि भन्ने धारणा निर्माण भएको बताए । पुरानो संसद्को कार्यकाल सकिएको र नयाँ निर्वाचन हुन नसकेको बीचमा राजनीतिक दुर्घटना हुन्छ कि भन्ने मनसायसहित सरकारले शपथ लिएको अघिल्लो दिनसम्म कार्यकाल रहने व्यवस्थासहितको विधेयक ल्याएको तर त्यसको प्रचार सही ढंगले हुन नसकेको हो...
कांग्रेसले सुरूमा १०० चाहिन्छ भनेको थियो, अब ८० सिटको वरिपरि कुरा मिल्छ: प्रचण्ड

कांग्रेसले सुरूमा १०० चाहिन्छ भनेको थियो, अब ८० सिटको वरिपरि कुरा मिल्छ: प्रचण्ड

राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताएका छन्। पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताए। ‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने। सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनले बताए। आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए। पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ स...
नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

समाचार, प्रमुख समाचार
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति कार्यालय पठाइएको हो । 'सभामुखबाट प्रमाणित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । सोमबार साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको हो,' ती अधिकारीले भने । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्...
सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

प्रमुख समाचार, समाचार
मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’ विज्ञप्तिमा उनले क्यानाडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् । सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झूटो आरोपमा थुनाएको आरोप लगाएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले भने यसअघि नै गुरूङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन् । श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्युरिटीका...
अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

समाचार
काठमाडौं । उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो । एसटीआर एडभर्टिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए । आइतबार अदालतले महानगरको नाममा कारण देखाउ आदेश जारी गर्दै २२ भदौमा दुवै पक्षलाई छलफलका लागि आउन भनेको छ । अदालतको सोही कारण देखाउ आदेशलाई आधार मान्दै एसटीआर एडभर्टिजमेन्टले डिजिटल बोर्ड सञ्चालनमा ल्याएको हो । एसटीआरका प्रतिनिधि सजीव भट्टराई अदालतको आदेश पछि बोर्ड पुनः सञ्चालनमा आएको बताउँछन् । ‘कानुन अनुसार डिजिटल बोर्ड चलाएका हौं । अदालतबाट चलाउने गरी आदेश भएको छ’ उनले भने । काठमाडौं महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्र...
हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

प्रमुख समाचार, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । काठमाडौं प्रहरीका एक उच्च अधिकृतले भने, ‘हिरासतमा राखिएको व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानबिन गर्न निर्देशन छ, त्यही अनुसार समिति गठन भएको हो ।’ छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उ...
सुरक्षागार्ड गुरुङलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट

सुरक्षागार्ड गुरुङलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट

समाचार
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् । कुनै पनि व्यक्तिलाई गैरकानूनी थुनामा राखिएमा पीडित वा परिवारले अदालतमा रिहाका लागि निवेदन दिन पाउछन् । बन्दी प्रत्यक्षीकरणको निवेदन भनिने यस्तो मुद्दामा अदालतले तत्काल सुनुवाइ गरी न्यायनिरुपण गर्ने प्रचलन छ । लक्ष्मीको निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको ...