प्रमुख समाचार

सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

बिजनेस, प्रमुख समाचार, विज्ञान/प्रविधि, समाचार
काठमाडौं। सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गरे । सशस्त्र प्रहरीका ब्यारेकहरुमा सञ्चालित मेसहरुमा भइरहेको एलपी ग्याँसको प्रयोगलाई विस्थापित गर्न क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने छ । प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधारहरु बनाइदिने छ । कार्यक्रममा महानिरीक्षक अर्यालले देशभर उपस्थित सशस्त्र प...
माओवादी केन्द्रसँग संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल भयो : बाबुराम

माओवादी केन्द्रसँग संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल भयो : बाबुराम

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताएका छन् । शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गरेका कारण खुलाएका हुन् । उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए । उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पारे । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ...
व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ । ३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए । ‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र...
हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

समाचार, Breaking News, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’ एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ !...
बालेनप्रति महेश बस्नेतको आक्रोश, भने-‘डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु’

बालेनप्रति महेश बस्नेतको आक्रोश, भने-‘डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु’

प्रमुख समाचार, राजनीति, समाचार
नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले ...