नेपालले कोभ्याक्स सुविधामार्फत् हालसम्म ७७ लाख २५ हजारभन्दा बढी खोप प्राप्त गरेको छ । कोभ्याक्स सुविधा अन्तरगतको कोभिड-१९ भ्याक्सिनको पछिल्लो चरणको रुपमा ६०,३९,००० डोज कोभिशिल्ड र १६,८६,००० डोज मोडेर्ना खोप २९ नोभेम्बर देखि २० डिसेम्बर भित्र आपूर्ति भइसकेको छ । खोपको साथै ३० लाख थान सिरिन्जहरू ८३,००० हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको छ ।

२२ डिसेम्बरसम्मको आँकडा अनुसार नेपालमा २ करोड २० लाख खोपहरू लगाइ सकिएको छ भने जस मध्ये ९७ लाख मानिसहरूले पूर्ण खोप पाई सकेका छन् र १ करोड ३८ लाख मानिसहरूले आँशिकरुपमा १ मात्रा खोप पाएका छन् । सिइपिआई, गावी, युनिसेफ र बिश्व स्वास्थ्य संगठनको सहकार्यको रुपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तराष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट नेपालले खोप प्राप्त गरेको छ ।यस कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू (अष्ट्रेलिया, चिन, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्याण्ड, बेलायत र अमेरिका) विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले आर्थिक सहायता पुर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *