काठमाडौं । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ । माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *