रोचक

तीन दिनसम्म शौचालयमा थुनिइन् महिला, त्यसपछि…

तीन दिनसम्म शौचालयमा थुनिइन् महिला, त्यसपछि…

रोचक
५४ वर्षकी एक थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन् । उनको रुवाई, चित्कारको आवाज पनि कसैको कानमा परेन । थाकिन् र शौचालयभित्रै मृत्युको प्रतीक्षा गरिन् । एक्लै बस्नुका पक्कै पनि थुप्रै फाइदा छन् विशेषगरी ती व्यक्तिका लागि जो आफ्नो गोपनियतामा रमाउँछन् । तर यसका बेफाइदा पनि छन्, यसको पछिल्लो उदाहरण यी महिला नै बनेकी छिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् । उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर उनलाई बचाउन कोही पनि ...
सुन्दरी युट्युबरको जालमा फसे हजारौँ फ्यान, ६ अर्ब लिएर फरार

सुन्दरी युट्युबरको जालमा फसे हजारौँ फ्यान, ६ अर्ब लिएर फरार

रोचक
काठमाडौं । एक चर्चित महिला युट्युबर तथा सोसल मिडिया स्टारमाथि करिब ६ अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेको छ । इन्स्टाग्राम स्टारसमेत रहेकी उनले विदेशी मुद्रा विनिमय कारोबार स्क्यामका माध्यमबाट आफ्ना हजारौँ फलोअर्सलाई जालमा फसाएकी थिइन् । उनले लगानी गरेको रकमबाट ठूलो मुनाफा प्राप्त हुने भनेर फलोअर्सलाई लोभ्याएकी थिइन् । यो घटना थाइल्याण्डको हो । नाथामोन खोंग नामकी युवतीले आफ्नो Nutty’s Diary नामक युट्युब च्यानलमा नियमित रुपमा आफ्ना नाचका भिडियोहरु अपलोड गर्ने गर्दथिन् । उनको च्यानलमा करिब साढे ८ लाख सब्सक्राइबर्स थिए । इन्स्टाग्राममा पनि उनका ३ लाखभन्दा धेरै फलोअर्स थिए । उनले इन्स्टाग्राममा विदेशी मुद्रा विनिमयको कारोबारका विषयमा निजी कोर्सको प्रचार प्रसार गर्ने गर्दथिन् र फलोअरहरुलाई ३५ प्रतिशत सम्म मुनाफा हुने भन्दै लगानी गर्न आह्वान गर्दथिन् । उनको कुरा पत्याएर ६ हजार भन्दा धे...
कम्मर दुख्ने, अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल

कम्मर दुख्ने, अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल

रोचक
जाडो मौसममा मानिसहरु शरीरलाई न्यानो खानेकुरामा बढी जोड गर्छन्।खास गरी तिललाई लड्डु, हलुवा, बर्फी तथा चामलमा मिसाएर खाने गर्दछन्। तीमध्ये बहुउपयोगी चीज हो, कालो तिल। माघे संक्रान्ति पर्वमा नेपालीहरु तिलको सेवन गर्ने गर्दछन्। यसको सेवनले शरीरलाई सक्रिय बनाउनका साथै जाडो मौसममा ऊर्जा दिने रहेको अनुसन्धानले देखाएको छ। कालो तिल खानुका फाइदाहरु: १. तिलमा धेरै प्रकारका प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन डी, बी कम्प्लेक्स लगायत कार्बो हाइट्रेड तत्व प्रचुर मात्रामा पाइन्छ। तिलमा रहेको सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ। यसले क्यान्सरका कोषिकाहरुलाई बढ्नबाट रोक्ने गर्दछ। यही कारणले तिलको सेवनले मानिसलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्यूकेमिया, प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ। २. यस्तै तिलको सेवनले हृदयघात, मुटुकको रोग, धमनीकलाकाठिन्य (atherosclerosis)को स...
जुत्ता-चप्पल उल्टो देखे सुल्ट्याउने गर्नुभएको छ ? उल्टो चप्पलले गर्छ यस्तो संकेत

जुत्ता-चप्पल उल्टो देखे सुल्ट्याउने गर्नुभएको छ ? उल्टो चप्पलले गर्छ यस्तो संकेत

रोचक
काठमाडौँ । कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ। तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौँ।तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा छैन। जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ। कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ? ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन्। जसमा हामिले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ। किनकी शनी मानिसको पैतालामा रहने गर्दछ। यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो। त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ। वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन। यस...
दाह्री पाल्ने मान्छेमा कुकुरको भन्दा बढि किटाणु हुन्छ

दाह्री पाल्ने मान्छेमा कुकुरको भन्दा बढि किटाणु हुन्छ

रोचक
कतिपय मानिसहरुको सौख दाह्री पाल्ने । कतिले यसलाई फेसनको रुपमा पनि लिने गर्छन् । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । हुन त दाह्री पाल्दा केही फोहोरी देखिन्छ भन्ने टिप्पणीहरु पनि हुने गर्छन् । तथापी पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् । दाह्री पाल्नेहरुका लागि भने एक पटक सोच्नै पर्ने अवस्था आएको छ ।हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हानिकारक किटाणु तथा जीवाणुहरु हुने गरेको निश्कर्ष निकालेका छन् । बैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भनेर गरेको अध्ययनमा यस्ता तथ्य पत्ता लगाएका हुन् । अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनाशक र हानिकारक भएको पाईएको छ । जबकी कुकुरहर...
गर्लफ्रेण्ड फेल भएपछि आक्रोशित प्रेमीले पूरै स्कुलमा आगो लगाइदिए

गर्लफ्रेण्ड फेल भएपछि आक्रोशित प्रेमीले पूरै स्कुलमा आगो लगाइदिए

रोचक
काठमाडौं । २१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उसले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए। भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् । घटनामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा युवकले चकित पार्ने खुलासा गरेका छन् । द नेशनलको रिपोर्टका अनुसार यो घटना इजिप्टको मेनुफिया प्रान्तमा रहेको एउटा विद्यालयको हो । २१ वर्षीय केटाले आफ्नी प्रेमिकासँग विवाह गर्न गइरहेका थिए । उनको इन्गेजमेन्ट भइसकेको थियो । तर यसबीचमा उनकी भावी श्रीमती विद्यालयको परीक्षामा फेल भइन् । केटालाई डर थियो कि उसको विवाह स्थगित हुन्छ र उसकी पत्नीले फेरि एउटै कक्षामा पढ्न नपरोस्। यस्तो अवस्थामा केटाले खतरनाक कदम चाले । उनले विद्यालयमा आगजनी गरेपछि विद्यालयको कन्ट्रोल रुम जलेर नष्ट भएको थियो । धेरै महत्त्वपूर्ण कागजातहरू पनि जलेको छ। तर, आगलागीको चपेटामा कुनै मा...
निद्राको समस्या छ भने भुलेर पनि यी चिज नखानुहोस्

निद्राको समस्या छ भने भुलेर पनि यी चिज नखानुहोस्

रोचक
निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ। यदि निद्रा गडबड भयो वा राति राम्रो निद्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ । यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्  मदिरा – यदि तपाईं दिनको थकान र निद्रा राम्रो हुन्छ भन्ने सोचेर राति सुत्नुअघि रक्सी पिउनुहुन्छ भने आफ्नो सोच बदल्नुहोस् । किनभने यसो गर्दा तपाईंको निद्रा मात्रै होइन स्वास्थ्यमा पनि असर परिरहेको छ । यसमा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेहलाई बढावा दिन्छ। पिज्जा/बर्गर– पिज्जा वा बर्गर जुनसुकै बेला खानु राम्रो होइन तर राति खानु तपाईंको लागि झनै हानिकारक हुन सक्छ । मैदा र धेरै प्रकारका सस र चीजबाट बनेको पिज्जा मुटुको जलनको कारण हुन्। तपाईंको यो डिनरले तौल र मधुमेहको साथमा उच्च रक्तचाप निम्त्याउन सक्छ। चिप्स - यदि तपाईंलाई बेलुकाको खाना पछि चिप्स य...
नङ भाँचिएर हैरान हुनुहुन्छ ? बलियो र सुन्दर बनाउन यी उपाय अपनाउनुहोस्

नङ भाँचिएर हैरान हुनुहुन्छ ? बलियो र सुन्दर बनाउन यी उपाय अपनाउनुहोस्

रोचक
काठमाडौँ । नङको सही हेरचाहले सुन्दरता बढाउनुका साथै स्वस्थ रहन सहयोग पु-याउँछ। नङलाई सुन्दर तथा बलियो बनाउन सधैँ पार्लर धाउन पनि सम्भव हुँदैन। नङको सही तरिकाले हेरचाह गर्न केही घरेलु उपाय पनि अपनाउन सकिन्छ। राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने। नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने। त्यसलाई अलिकता तातो बनाउने। नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने । यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ । नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो हुन्छ। सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने । हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ। एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा...
शास्त्र भन्छ गर्भवती महिलाले कोठामा यी चिज राख्दा जन्मिन्छ वुद्धिमान र तेज दिमागको बच्चा

शास्त्र भन्छ गर्भवती महिलाले कोठामा यी चिज राख्दा जन्मिन्छ वुद्धिमान र तेज दिमागको बच्चा

रोचक
ग’र्भवती महिलाले स्वास्थ्यको निकै ख्याल राख्नु पर्ने हुन्छ। जसमध्ये वास्तुमा बताइएका केही बस्नु उनीहरुका लागि बरदान बन्न सक्छन्।वास्तुका अनुसार यदी कुनै महिलाले कुनै खास चीज कोठामा राख्दा महिला र बच्चा दुबैको स्वास्थ्यमा राम्रो असर पर्ने र बच्चा गुणवान हुने गर्दछन्। मयूरको प्वाख-मयूरको प्वाख कृष्णसँग सम्बन्धीत हुने गर्दछ। त्यसैले यसलाई घरको मन्दिर वा ग’र्भवती महिलाले कोठामा राख्दा आमा र बच्चाका लागि निकै राम्रो मानिन्छ। पहेलो चामल-पहेलो चामलले शुभ शंकेत बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चामल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शास्त्रमा उल्लेख छ। भगवान कृष्ण र देवी यशोदाको तस्वीर-गर्भवती महिलाले कोठामा भगवान कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वीर विहान उठ्ने वित्तिकै देखियो भने सकारात्मक उर्जा प्राप्त हुने धार्मीक व...