सरकारी निवासमा टपलेस तस्बिर राखेकोमा माफी मागिन् मारिनले

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् ।

तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । अतिथिले प्रयोग गर्ने शौचालयको तल तस्बिर लिइएको फिनल्यान्डका सञ्चार माध्यमले जनाएका छन् । ‘हामीले पौडी खेल्यौं र सँगै समय बितायौँ’, मारिनले भनिन्, ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण केही भएन ।’

 

Mairn Finland

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *