बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् ।

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।

आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *