नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् ।

शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् ।

आगामी साता ग्राण्ड प्रिमियरको एपिसोड प्रसारण हुने जनाइएको छ । केही महिनाअघि नै रियालिटी शो आयोजक र गोविन्दाबीच यसबारे सहमति भएको थियो सोहीअनुसार उनी गत विहिबार काठमाडौं उत्रिएका थिए ।

शुक्रबार र शनिबार काठमाडौंमा बिताएका गोविन्दा दम्पती आइतबार दिउँसो कोलकातातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *