काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई कर बुझाउन सात दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले आइतबार सात वटा क्यासिनोलाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो।

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कर नबुझाएको भन्दै प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण बुझाउन महानगरले ताकेता गरेको हो। यस्तै नियमअनुसार लाग्ने जरिवानासमेत सात दिनभित्र बुझाउन महानगरले भनेको छ।

महानगरले वडा नम्बर १ मा रहेका म्यारियटको डेल्टीन क्यासिनो होटल, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, वडा नम्बर २को र्‍याडिसन होटलको क्यासिनो र्‍याट, वडा नम्बर ६मा रहेको हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसनलाई पत्र लेखेको हो।

यस्तै वडा नम्बर १३ मा रहेको सोल्टी होटलको माजोङ्ग इन्टरटेनमेन्ट, वडा नम्बर २६का एलफ्टको काल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई महानगरले पत्र लेखेको हो। यी क्यासिनोले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

 

Casino

Leave a Reply

Your email address will not be published. Required fields are marked *