राजनीति

माओवादी केन्द्रसँग संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल भयो : बाबुराम

माओवादी केन्द्रसँग संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल भयो : बाबुराम

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताएका छन् । शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गरेका कारण खुलाएका हुन् । उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए । उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पारे । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ...
आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल

समाचार, राजनीति
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्। रासससँग आज कुरा गर्दै उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे। सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो । राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरे। यसैबीच पूर्वमुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै मङ्सि...
बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

Breaking News, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् । शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् । ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् । पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री...
व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ । ३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए । ‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र...
हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

समाचार, Breaking News, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’ एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ !...
बालेनप्रति महेश बस्नेतको आक्रोश, भने-‘डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु’

बालेनप्रति महेश बस्नेतको आक्रोश, भने-‘डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु’

प्रमुख समाचार, राजनीति, समाचार
नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले ...
प्रतिनिधि तथा प्रदेश को संसदीय चुनाव आगामी मंसिर ४ गते हुने मन्त्री परिषदको निर्णय

प्रतिनिधि तथा प्रदेश को संसदीय चुनाव आगामी मंसिर ४ गते हुने मन्त्री परिषदको निर्णय

राजनीति, समाचार
बुटवल | श्रावण २० बिहिवार बसेको मन्त्री परिषदको बैठक ले संसदीय चुनाव आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ। प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव २०७९ मङ्सिर ४ मा हुने तय मन्त्री परिषद को बैठक ले गरेको छ।
मंसिर ४ मा चुनाव गर्ने गठबन्धनको सहमति

मंसिर ४ मा चुनाव गर्ने गठबन्धनको सहमति

राजनीति, समाचार
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । ...
मिशन १६५ के हो ?

मिशन १६५ के हो ?

राजनीति, समाचार
बुटवल । श्रावण १९ देशको राजनीति बागडोर समाल्न देशको विभिन्न क्षेत्रबाट युवा सहरु तस्मिएका छन्। दशकौ देखि राजनीतिमा जमेका ठुला दलका ठुला नेता, सांसद मन्त्रि तथा प्रधानमन्त्रि स्समेत लाई चुनौती दिदै स्वत्रन्त्र राजनीतिमा युवाहरुको बढ्दो सहभागिताले आगामी निर्वाचन मा के कस्तो परिणाम ल्याउने हुन् भन्ने प्रश्न को चर्चा हुन थालेको नेपालको राजनीति वर्तमान परिपेक्ष लाई हेर्ने हो भने निच्निकै जटिल अवस्थामा पुगेको र टुक्रा टुक्रा मा विभाजित भएको देख्न पाइन्छ। संचार क्षेत्र लाई त्यागेर रबि लामिछाने ले पनि स्वत्रन्त्र पार्टी दर्ता गरेका छन् र देश दौडाहा मा जुटेका छन् भने देशका विभिन्न जिल्ला स्वत्रन्त्र उम्मेदवारी दिदै एकजुट हुदै आगामी निर्वाचन को मा जुटेका छन्। रुपन्देही बाट ड़ा निकोलस भुसाल, अधिवक्ता बन्जाडे, भेषराज बेलबासे तथा पाल्पा बाट उपेन गहिरे अर्घाखाँची बाट दुर्गा बन्जाडे लग...
स्वतन्त्र राजनीतिमा युवाहरुको आकर्षण

स्वतन्त्र राजनीतिमा युवाहरुको आकर्षण

राजनीति, समाचार
बुटवल |श्रावण १८ वर्तमान राजनीतिमा नेपाली युवाहरुको सक्रिय सहभागिता निकै बढ्दो देखिदैछ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमांडौ महानगरपालिका, धरान र धनगढी मा क्रमशः बालेन्द्र शाह, हर्क साम्पङ र गोपि हमाल ले स्वतन्त्र बाट विजयी हासिल गरेपछी युवाहरुको राजनीति तर्फ चासो र सहभागीता उल्लेखनीय देखिएको छ। आगामी मङ्सिर मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि देशै भरी बाट स्वतन्त्र उम्मेदवारी दिनेको लर्को चलेको छ। साथै Galaxy 4K टिभी बाट विदा भएका रबि लामिछाने ले स्वतन्त्र नाम राखेरै नया दल दर्ता गरेर देशै भरी प्रचार प्रसार मा जुटेका छन। वर्तमान दल बाट आम जनता तथा सचेत नागरिक हरु पनि राजनीति तथा देशको बागडोर अब नया पुस्ताको हातमा दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन। सोही क्रममा स्वतन्त्र उम्मेदवारी अभियान समेत सन्चालन गरेर देशका कुना कुना बाट युवाहरु गोलबद्ध हुँदै अगाडि आएका छन। यस्तै...