नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए ।

नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *