राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।

कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् ।

कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ । त्यस्तै, प्रदेशसभा (क) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।

जसमा रामकुमार कार्की, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् । त्यस्तै, प्रदेश सभा (ख) मा बाबुराम गौतम, मोहन खड्का र खड्गा योगी सिफारिस भएका छन् । त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर (क) मा ५ जना र (ख) मा १० जनाको नाम सिफारिस गरेको कार्यालय सचिव नवराज खड्काले बताए ।

 

NCP-MK

Leave a Reply

Your email address will not be published. Required fields are marked *