प्रमुख समाचार

माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए । नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसम्छ । कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन ग¥यो होला भनेर खोज्न सुझाव दिए । एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै आलेको यो वाक्य हटाउन माग गरेका छन् ।...
राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको निबन्ध हो भन्ने जस्ता टिप्पणी धेरै भए । राष्ट्रपति कुन समूहसित, कुन पार्टीसित सम्बन्धित हुनुहुन्छ भन्ने महत्वपूर्ण होइन । राष्ट्रपतिको सम्मान गर्न जान्नुपर्छ, होइन भने राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ ।’ केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दा पनि आफूले दुई घण्टाको निम्ति भए पनि फिर्ता पठाइदिनुस् भनेर सुझाव दिन चाहेको, तर राष्ट्रपतिलाई भेट्न नपाएको गौतमले सुनाए । त्यसपछि आफूले सू...
पार्टीभित्र सबै नेता प्रचण्ड हुन खोजेपछि चुनाव हारियो : प्रचण्ड

पार्टीभित्र सबै नेता प्रचण्ड हुन खोजेपछि चुनाव हारियो : प्रचण्ड

प्रमुख समाचार, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको बताएका छन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबा सन्तुष्ट हुन नसकिने बताए । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘१७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका पनि गुमाएका छौं । ५० भन्दा बढी पालिका हार्यौं । पार्टी भित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो।’ उनले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए । उनले भने, ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गु...
प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ

प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ

समाचार, प्रमुख समाचार, राजनीति
प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए ।   प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि बताएका छन् ।...
प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ पनि सिफारिस

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ पनि सिफारिस

प्रमुख समाचार, राजनीति, समाचार
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए । घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उनले कार्यकर्ता भेटघाट गरिरहेका छन् । ‘उम्मेदवार सिफारिसमा जनयुद्ध लडेका कार्यकर्ता पनि सिफारिस भएका छन्,’ बु...
महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

बिजनेस, प्रमुख समाचार, समाचार
काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो। ‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ,’ उनले भने, 'अन्य कर भने तिर्नुभएको छैन।' अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ। यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ। ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,' उनले भने, 'व्यवसाय कर एकद‍ेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।' ६० रोपनी जग्गा समाज कल्याण परिष...
मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

समाचार, प्रमुख समाचार
काठमाडौं । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो । सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो । यस्तो छ सूचना   ...
रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन

रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन

बिजनेस, प्रमुख समाचार, समाचार
काठमाडौँ — रत्नपार्कस्थित विद्युत् प्राधिकरणले आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । उद्घाटनका क्रममा मन्त्री भुसालले स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताइन् । देशका विभिन्न शहरमा प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन...
राप्रपासँग एकता र चुनावमा एमालेसँग तालमेल गर्ने रवीन्द्र मिश्रको प्रयास

राप्रपासँग एकता र चुनावमा एमालेसँग तालमेल गर्ने रवीन्द्र मिश्रको प्रयास

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — रवीन्द्र मिश्रले चुनावअगाडि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकता र नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका छन् । विवेकशील साझा पार्टीको अध्यक्ष पद छाडेका मिश्रले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । उनीनिकट स्रोतका अनुसार उनी आगामी प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार दिने तयारीमा रहेका छन् । त्यसका लागि उनले एमालेले आफूलाई समर्थन गर्ने अपेक्षासमेत गरेका छन् । मंगलबार इकान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'कुरा टुंगिइसकेको छैन तर एमालेले समर्थन गर्छ भन्ने मेरो अपेक्षा हो ।' एमाले अध्यक्ष ओलीसँग आसन्न निर्वाचन र देशको राजनीति र विविध विषयमा कुराकानी भएको मिश्रले बताएका थिए । त्यस्तै आगामी चुनावअघि नै मिश्रले राप्रपासँग पार्टी एकताको प्रयासलाई समेत हुने बताएका छन् । विवेकशील साझाको केन्द्रीय समिति र पार्टी ...
रामचन्द्र पौडेल र शंकर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस!

रामचन्द्र पौडेल र शंकर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस!

प्रमुख समाचार, राजनीति, समाचार
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता शंकर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्। पौडेल २०७४ को प्रतिनिधि सभा चुनावमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए। तनहुँ २ बाट दाबी नगरेर भण्डारीले यसपालि तनहुँ १ मा उठ्ने तयारी गरिरहेका छन्। यस्तै तनहुँ १ बाटै पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि सोमबार आवेदन दिएका थिए। तनहुँ कांग्रेसले आज पनि इच्छुकको आवेदन लिने बताएको छ। आवेदन आएका नाम संकलन गरी तनहुँ कांग्रेसले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नेछ। कांग्रेसले हिजोआज प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका बैठक राखेर आगामी चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न आवेदन लिइरहेको छ। भदौ १८ गतेसम्म जिल्लाले उम...