राजनीति

‘केपीबा, देउवा र नानीका बालाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके’

‘केपीबा, देउवा र नानीका बालाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके’

समाचार, राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् । उनले बाहरूले आफूलाई राजनीतिक सिक्न भने पनि आफूलाई उनीहरूले भनेजस्तो राजनीति सिक्न आवश्यक नभएको बताए । उनले भने– ‘ती तीन बाहरू केपी बा, देउवा, नानीका बा । पछाडि बा भएकाहरूलाई ससम्मान बिदा गरौँ किनकि अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके । अब पछाडि बा भएकाहरूलाई स सम्मान बिदा गर्ने बेला भएको छ । मैले यस कारण मैले राजनीति जान्नु भनेको कि राजनीतिका घिनलाग्दा दाउपेच जान्नु छैन भनेको हो ।’ उनले काठमाडौँका मेयर बालेन शाहको प्रशंसा गर...
नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाले बताए ।...
१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

प्रमुख समाचार, Breaking News, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’ नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।...
बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउन करिब १६ प्रतिशत मत अपुग हुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले बहुमतका लागि १६ प्रतिशत मत बढाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले एमाले सरकारले गरेका कामको सशक्त प्रचार गरेर मतवृद्धि गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, 'आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने ।' मतवृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिनुपर्ने पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले पार्टी प्रवेशको लहरसहित राष्ट्रव्यापी चुनावी अभियानले पनि स्थानीय तह निर्वाचनमा काम गरेको बताएका छन् । स्थानीय तहको नतिजा विश्लेषण गर्दै प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रणनीति बनाउनुपर्ने उनको भनाइ छ । राजन...
ओलीको अराजकताबाट देशलाई बचाउन सबै दल एक हुनुपरेको हो : मन्त्री चौधरी

ओलीको अराजकताबाट देशलाई बचाउन सबै दल एक हुनुपरेको हो : मन्त्री चौधरी

राजनीति, समाचार
शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेकपा एमालेबाट कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए । एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे । उनले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औंल्याए । एकीकृत समाजवादीका​ पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरि मुलुकमा गोल चक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्...
मुख्यमन्त्री केसीले भने : चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ

मुख्यमन्त्री केसीले भने : चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ

राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले चुनाव अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताएका छन् । पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको देउखुरीस्थित मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नै कार्यकालको अन्त्यसम्म राजधानी स्थानान्तरण गरिसक्ने बताएका हुन् । उनले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको भन्दै अब छिट्टै स्थानान्तरण हुने बताए । ‘राप्ती उपत्यकामा राजधानी तोक्नका लागि सदनमा ठूलो संख्या विपक्षमा थियो । तर पनि तत्कालीन मुख्यमन्त्रीसँगै म कानुन मन्त्रीको हैसियतले यो काम सहज बनायौं,’ उनले सम्झिए । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्न सबैलाई...
कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न मातहतका संरचनामा परिपत्र गरेको छ । महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहो¥याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई परिपत्र गरेका छन् । बिहीबार चार तहका संरचनालाई परिपत्र गर्दै प्रतिनिधि र प्रदेश सभा प्रत्यक्ष र समानुपातिकको नाम पठाउन उनले निर्देशन दिएका छन् । प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई एक महिला सहित बढीमा दुई जनाको नाम केन्द्रमा पठाउन परिपत्र गरिएको छ । नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र मार्फत जि...
कांग्रेस नेता विश्वकर्माको आरोप : मेयर बालेनले अराजक गतिविधि बढाए

कांग्रेस नेता विश्वकर्माको आरोप : मेयर बालेनले अराजक गतिविधि बढाए

समाचार, राजनीति
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर बालेनले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति जनाए । ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ?’ उनले भने । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले...
ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं

ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ, यही बेला ललितपुरमा पनि माग उठेको छ, ‘यता पनि यस्तो अभियान थाल्नु पर्‍यो ।’ तर, ललितपुर महानगरपालिकाले भने नगर क्षेत्रमा अहिलेसम्म यस्तो भूमिगत पार्किङलाई अन्य प्रयोजनमा लगाएको भवन नभेटिएको दाबी गर्छ । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताउँछन् । ‘६ असारमै हामीले ट्राफिक व्यवस्थापनबारे मेयरसा’बले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ अनलाइनखबरसँग कुरा गर्दै हाछेथुले भने,’त्यसअनुसार हामीले २ महिनादेखि पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर का...
माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ : दाहाल

माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ : दाहाल

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको प्रशंसा गरेका हुन् । यसअघि काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरेको दाहालले बताए । उनले अगाडि भनेका छन्, 'मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।'   अहिले गरिरहेका कामलाई निरन्तरता दिन पनि दाहालले मेयर राईलाई सुझाव दिएका छन् । त्यस्तै मेयर राई र उपमेयर अ...