अन्तर्वार्ता

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

अन्तर्वार्ता, राजनीति, समाचार
चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । सत्ता गठबन्धनका पाँच दलका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र-३ बाट उठ्ने तयारी गरिरहँदा न्यौपानेसँग सोधिएका ५ प्रश्न : तपाईं माओवादीका अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने तयारीमा हुनुहुन्छ, चर्चाका लागि हो कि जितको आधार पनि देख्नु भा’छ ? म एमाले चितवनको अध्यक्ष हुँ । म त्यो क्षेत्रको भूगोल बुझेको मान्छे पनि हुँ, यहींबाट राजनीति गरेको छु । पार्टीको क्षेत्री...
‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’-डा. कुमकुम झा

‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’-डा. कुमकुम झा

अन्तर्वार्ता, स्वास्थ्य
काठमाडौं । अनिच्छित गर्भधारण रोक्न विभिन्न किसिमका गर्भनिरोधक साधन उपलब्ध छन् । र्गभनिरोधका साधनका विषय विद्यालयका पाठ्क्रममा पनि समावेश गरिएको छ । साथै यस विषयमा जनचेतनामूलक सन्देश, नाटक पनि प्रस्तुत हुने गरेका छन् । मानिसहरुमा चेतना बढ्दै गएकाले पछिल्लो समय गर्भनिरोधका साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । आकस्मिक गर्भधारण रोक्ने विभिन्न साधनमध्ये गर्भनिरोधक चक्की पनि एक हो । प्रयोग गर्न सजिलो भएकाले पनि अहिले धेरै महिलाहरु यो चक्कीको प्रयोग गरिरहेका छन् । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग कसरी गर्ने र यसका फाइदा-बेफाइदा के के छन् भन्ने विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झासँग गरिएको कुराकानीको सम्पादित अंश : आकस्मिक गर्भनिरोधक चक्की के हो ? यो कति प्रभावकारी छ ? सावधानी अपनाउँदा अपनाउँदै पनि गर्भ रहने शंका लाग्यो भने आकस्मिक रुपमा प्रयोग गर्न सकिने चक्की हो...
‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल

‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल

अन्तर्वार्ता, मनोरन्जन
आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ । उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् । अक्सर मानिस आफ्नो सपना पूरा हुँदा हाँस्छन् । उनी भने ताज पहिरिँदै गर्दा स्टेजमै रोएकी थिइन् । त्यो आँसु आफ्नो खुसीको भएको उनले बताइन् । ‘सन् २०१९ देखिको मेरो सौन्दर्य प्रतियोगिता यात्रा थियो । यो समयकै लागि आफूलाई निखार्न म विभिन्न सौन्दर्य प्रतियोगितामा पनि भाग लिएको थिएँ,’ उनले भनिन्, ‘तीन वर्षको मिहिनेतपछि उपाधि हातपर्दा आँसु थाप्न सकिनँ ।’ सपना पूरा भएको बेला खसेको आँसु खुसीले झरेको उनले...