‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल
आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ । उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् ।
अक्सर मानिस आफ्नो सपना पूरा हुँदा हाँस्छन् । उनी भने ताज पहिरिँदै गर्दा स्टेजमै रोएकी थिइन् । त्यो आँसु आफ्नो खुसीको भएको उनले बताइन् । ‘सन् २०१९ देखिको मेरो सौन्दर्य प्रतियोगिता यात्रा थियो । यो समयकै लागि आफूलाई निखार्न म विभिन्न सौन्दर्य प्रतियोगितामा पनि भाग लिएको थिएँ,’ उनले भनिन्, ‘तीन वर्षको मिहिनेतपछि उपाधि हातपर्दा आँसु थाप्न सकिनँ ।’ सपना पूरा भएको बेला खसेको आँसु खुसीले झरेको उनले...