राजनीति

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए । यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा 'प्रहरी प्रशासन लगाएर, राज्...
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

बिजनेस, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने । अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ । आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।...
गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर हुने गरेको बताएका छन् । बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताए । उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए । ‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ,’ थापाले सुनाए, ‘…जिन्दगी नै यसरी जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’ कार्यक्रममा विद्यालयको शिक्षण सि...
कांग्रेस नेता विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

कांग्रेस नेता विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले बताए । राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन ।...
बालेनलाई पछ्याउँदै पोखराका मेयर

बालेनलाई पछ्याउँदै पोखराका मेयर

राजनीति, समाचार
पोखरा । बालेन साह र हर्क सम्पाङसँग जोडेर प्रश्न गर्न थालेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २७ असारमा भनेका थिए, ‘धरान र काठमाडौंलाई लिएर कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ, यसमा मलाई तुलना नगरिदिनुहुन आग्रह गर्छु ।’ त्यसबेला मेयर आचार्यले आफूलाई जोसँग नदाँज्न आग्रह गरेको थिए, अहिले उनले तीनै काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पछ्याइरहेको देखिएको छ । पोखरा महानगरको पछिल्ला गतिविधिले त्यही देखाउँछ । काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले निजी शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न आह्वान गर्‍यो । मेयर बालेनको आह्वानको प्रभाव देशभर पर्‍यो, विभिन्न सहरका रेष्टुरेष्ट तथा केही निजी कार्यालयले स्वतःस्फूर्त आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको घोषणा गरे । पोखरा महानगरले पनि होटल, रेस्टुरेन्ट तथा संघसंस्थाका निजी शौचालय सार्वजनि...
माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए । नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसम्छ । कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन ग¥यो होला भनेर खोज्न सुझाव दिए । एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै आलेको यो वाक्य हटाउन माग गरेका छन् ।...
राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको निबन्ध हो भन्ने जस्ता टिप्पणी धेरै भए । राष्ट्रपति कुन समूहसित, कुन पार्टीसित सम्बन्धित हुनुहुन्छ भन्ने महत्वपूर्ण होइन । राष्ट्रपतिको सम्मान गर्न जान्नुपर्छ, होइन भने राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ ।’ केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दा पनि आफूले दुई घण्टाको निम्ति भए पनि फिर्ता पठाइदिनुस् भनेर सुझाव दिन चाहेको, तर राष्ट्रपतिलाई भेट्न नपाएको गौतमले सुनाए । त्यसपछि आफूले सू...
पार्टीभित्र सबै नेता प्रचण्ड हुन खोजेपछि चुनाव हारियो : प्रचण्ड

पार्टीभित्र सबै नेता प्रचण्ड हुन खोजेपछि चुनाव हारियो : प्रचण्ड

प्रमुख समाचार, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको बताएका छन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबा सन्तुष्ट हुन नसकिने बताए । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘१७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका पनि गुमाएका छौं । ५० भन्दा बढी पालिका हार्यौं । पार्टी भित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो।’ उनले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए । उनले भने, ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गु...
प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ

प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ

समाचार, प्रमुख समाचार, राजनीति
प्रचण्डले भने– समाजवादीसँग पार्टी एकता हुँदैछ, एउटै घोषणापत्र बनाउने प्रयास जारी छ सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए ।   प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि बताएका छन् ।...
जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

राजनीति, समाचार
काठमाडौं । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए । आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् । २०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो । घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ। श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आ...