राजनीति

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ पनि सिफारिस

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ पनि सिफारिस

प्रमुख समाचार, राजनीति, समाचार
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए । घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उनले कार्यकर्ता भेटघाट गरिरहेका छन् । ‘उम्मेदवार सिफारिसमा जनयुद्ध लडेका कार्यकर्ता पनि सिफारिस भएका छन्,’ बु...
राप्रपासँग एकता र चुनावमा एमालेसँग तालमेल गर्ने रवीन्द्र मिश्रको प्रयास

राप्रपासँग एकता र चुनावमा एमालेसँग तालमेल गर्ने रवीन्द्र मिश्रको प्रयास

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — रवीन्द्र मिश्रले चुनावअगाडि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकता र नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका छन् । विवेकशील साझा पार्टीको अध्यक्ष पद छाडेका मिश्रले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । उनीनिकट स्रोतका अनुसार उनी आगामी प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार दिने तयारीमा रहेका छन् । त्यसका लागि उनले एमालेले आफूलाई समर्थन गर्ने अपेक्षासमेत गरेका छन् । मंगलबार इकान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'कुरा टुंगिइसकेको छैन तर एमालेले समर्थन गर्छ भन्ने मेरो अपेक्षा हो ।' एमाले अध्यक्ष ओलीसँग आसन्न निर्वाचन र देशको राजनीति र विविध विषयमा कुराकानी भएको मिश्रले बताएका थिए । त्यस्तै आगामी चुनावअघि नै मिश्रले राप्रपासँग पार्टी एकताको प्रयासलाई समेत हुने बताएका छन् । विवेकशील साझाको केन्द्रीय समिति र पार्टी ...
रामचन्द्र पौडेल र शंकर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस!

रामचन्द्र पौडेल र शंकर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस!

प्रमुख समाचार, राजनीति, समाचार
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता शंकर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्। पौडेल २०७४ को प्रतिनिधि सभा चुनावमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए। तनहुँ २ बाट दाबी नगरेर भण्डारीले यसपालि तनहुँ १ मा उठ्ने तयारी गरिरहेका छन्। यस्तै तनहुँ १ बाटै पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि सोमबार आवेदन दिएका थिए। तनहुँ कांग्रेसले आज पनि इच्छुकको आवेदन लिने बताएको छ। आवेदन आएका नाम संकलन गरी तनहुँ कांग्रेसले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नेछ। कांग्रेसले हिजोआज प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका बैठक राखेर आगामी चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न आवेदन लिइरहेको छ। भदौ १८ गतेसम्म जिल्लाले उम...
राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस

राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस

समाचार, मनोरन्जन, राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ। प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ। राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो। उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए। मोरङ-३ मा अघिल्लो चुनावमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए। वाम गठबन्धनबाट उनले जित्दा काँग्रेस उम्मेदवार सुनिल शर्मा झिनो मतान्तरले पराजित भएका थिए। यसपटक पनि ढकाल र शर्माको नजर यही क्षेत्रमा छ। राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ। थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ। मिस कोशीको उपाधि जितेर न...
पुरानो भिडियो देखाएर चरित्र हत्या गर्न खोजियो : महेश बस्नेत

पुरानो भिडियो देखाएर चरित्र हत्या गर्न खोजियो : महेश बस्नेत

राजनीति, समाचार
काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ । भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।   ...
गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : लामिछाने

गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : लामिछाने

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् । सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने,'राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।' उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।...
ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने । पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए । दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भा...
चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग

चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय र विधिको विषयमा बोल्दा महाअभियोग खेप्नुपरेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा ओलीले न्यायको पक्षमा उभिँदा अपराधिक मनसायले जबरालाई महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् । तर एमालेविरुद्ध बहस गर्ने न्यायाधीशहरुलाई सरकारले मानपदवी दिएको पनि ओलीले टिप्पणी गरे । ‘गठबन्धनको पक्षमा जसले बहस गरे, तिनलाई मानपदवी दिइयो । तर जो न्याय र विधिका विषयमा उभियो, उसलाई महाअभियोग लगाइयो’, केन्द्रीय कमिटी बैठकमा ओलीको भनाइ उधृत गर्दै एमालेका एक नेताले भने । सत्तारुढ गठबन्धनले आपराधिक मनसायले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गरेको पनि ओलीले बताए । ‘गठबन्धनको अपराधिक मनोदशाका कारण (महाअभियोग) लगाइएको छ, भ्रष्टाचारी हो भन्नुको कुनै सम्बन्ध छैन’, ओलीले भन...
काठमाडौँका १८ मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन : नेता बस्नेत

काठमाडौँका १८ मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन : नेता बस्नेत

समाचार, राजनीति
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए । उनले भने, ‘नक्शापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ । मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला...
महेश बस्नेतको चेतावनी–‘धेरै खरानी घस्ने बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’

महेश बस्नेतको चेतावनी–‘धेरै खरानी घस्ने बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’

राजनीति, समाचार
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पीडित बनेको बताए । उनले भने– ‘हामीसँग बीसौं बर्षको अनुभव छ । नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला । हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’ ...