प्रमुख समाचार

गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : लामिछाने

गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : लामिछाने

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् । सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने,'राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।' उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।...
ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने । पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए । दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भा...
चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग

चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय र विधिको विषयमा बोल्दा महाअभियोग खेप्नुपरेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा ओलीले न्यायको पक्षमा उभिँदा अपराधिक मनसायले जबरालाई महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् । तर एमालेविरुद्ध बहस गर्ने न्यायाधीशहरुलाई सरकारले मानपदवी दिएको पनि ओलीले टिप्पणी गरे । ‘गठबन्धनको पक्षमा जसले बहस गरे, तिनलाई मानपदवी दिइयो । तर जो न्याय र विधिका विषयमा उभियो, उसलाई महाअभियोग लगाइयो’, केन्द्रीय कमिटी बैठकमा ओलीको भनाइ उधृत गर्दै एमालेका एक नेताले भने । सत्तारुढ गठबन्धनले आपराधिक मनसायले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गरेको पनि ओलीले बताए । ‘गठबन्धनको अपराधिक मनोदशाका कारण (महाअभियोग) लगाइएको छ, भ्रष्टाचारी हो भन्नुको कुनै सम्बन्ध छैन’, ओलीले भन...
नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा

Breaking News, प्रमुख समाचार, राजनीति, समाचार
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाले बताए ।...
१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

प्रमुख समाचार, Breaking News, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’ नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।...
बनस्थलीमा पनि चल्यो काठमाडौँ महानगरको डोजर

बनस्थलीमा पनि चल्यो काठमाडौँ महानगरको डोजर

समाचार, प्रमुख समाचार
अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो।...
बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउन करिब १६ प्रतिशत मत अपुग हुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले बहुमतका लागि १६ प्रतिशत मत बढाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले एमाले सरकारले गरेका कामको सशक्त प्रचार गरेर मतवृद्धि गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, 'आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने ।' मतवृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिनुपर्ने पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले पार्टी प्रवेशको लहरसहित राष्ट्रव्यापी चुनावी अभियानले पनि स्थानीय तह निर्वाचनमा काम गरेको बताएका छन् । स्थानीय तहको नतिजा विश्लेषण गर्दै प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रणनीति बनाउनुपर्ने उनको भनाइ छ । राजन...
कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न मातहतका संरचनामा परिपत्र गरेको छ । महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहो¥याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई परिपत्र गरेका छन् । बिहीबार चार तहका संरचनालाई परिपत्र गर्दै प्रतिनिधि र प्रदेश सभा प्रत्यक्ष र समानुपातिकको नाम पठाउन उनले निर्देशन दिएका छन् । प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई एक महिला सहित बढीमा दुई जनाको नाम केन्द्रमा पठाउन परिपत्र गरिएको छ । नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र मार्फत जि...
ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं

ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ, यही बेला ललितपुरमा पनि माग उठेको छ, ‘यता पनि यस्तो अभियान थाल्नु पर्‍यो ।’ तर, ललितपुर महानगरपालिकाले भने नगर क्षेत्रमा अहिलेसम्म यस्तो भूमिगत पार्किङलाई अन्य प्रयोजनमा लगाएको भवन नभेटिएको दाबी गर्छ । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताउँछन् । ‘६ असारमै हामीले ट्राफिक व्यवस्थापनबारे मेयरसा’बले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ अनलाइनखबरसँग कुरा गर्दै हाछेथुले भने,’त्यसअनुसार हामीले २ महिनादेखि पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर का...
माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ : दाहाल

माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ : दाहाल

राजनीति, प्रमुख समाचार, समाचार
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको प्रशंसा गरेका हुन् । यसअघि काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरेको दाहालले बताए । उनले अगाडि भनेका छन्, 'मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।'   अहिले गरिरहेका कामलाई निरन्तरता दिन पनि दाहालले मेयर राईलाई सुझाव दिएका छन् । त्यस्तै मेयर राई र उपमेयर अ...