निर्वाचनलगत्तै समाजवादको यात्रा सुनिश्चित गर्न सडक संघर्षमा जान्छौं: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने बताएका छन्। निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न आफू निर्वाचनपछि सडक संघर्षमा जाने उनको भनाइ थियो।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए।
‘अहिले त चुनाव आईनै सक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी। अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु। संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भईराखेको छ। हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु’, उनले भने, ‘सडकबाट मात्रै स...