समाचार

संसद्को कार्यकाल थप्ने प्रक्रियाप्रति निर्वाचन आयोगको आपत्ति

संसद्को कार्यकाल थप्ने प्रक्रियाप्रति निर्वाचन आयोगको आपत्ति

समाचार, प्रमुख समाचार
निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरकफरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। ‘निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म काय...
बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

समाचार, Breaking News, प्रमुख समाचार
काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ। सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो। डोजर चल्न थालेपछि उक्त स्थानमा मानिसहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो। महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो। पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्छटिमेटम दिने र डोजर समेत चलाउने काम गरिरहेको छ। तस्बिरहरू ...
नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

समाचार, प्रमुख समाचार
सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्ययन र विर्मशका लागि ७ बुँदे र ध्यानाकर्षणका भन्दै अर्को ८ बुँदे सन्देश पठाएकी थिइन्। राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन। प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। त्यस्तै राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचार चारका लागि विधायन व्यवस्थापन समितिमा पठाए ...
उदयपुर हत्याकाण्ड : प्रहरीमा लगेर थुनाउँछु भनेपछि भाइको परिवारकै हत्या

उदयपुर हत्याकाण्ड : प्रहरीमा लगेर थुनाउँछु भनेपछि भाइको परिवारकै हत्या

प्रमुख समाचार, समाचार
जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका– ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलका नगरपालिका– ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता ब...
थुनामा रहेका सुरक्षागार्ड भेटे रविले, भने : मन्त्रीलाई नियम सिकाएकोमा धन्यवाद

थुनामा रहेका सुरक्षागार्ड भेटे रविले, भने : मन्त्रीलाई नियम सिकाएकोमा धन्यवाद

समाचार, प्रमुख समाचार
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।’ भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्य...
प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

अन्तर्वार्ता, राजनीति, समाचार
चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । सत्ता गठबन्धनका पाँच दलका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र-३ बाट उठ्ने तयारी गरिरहँदा न्यौपानेसँग सोधिएका ५ प्रश्न : तपाईं माओवादीका अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने तयारीमा हुनुहुन्छ, चर्चाका लागि हो कि जितको आधार पनि देख्नु भा’छ ? म एमाले चितवनको अध्यक्ष हुँ । म त्यो क्षेत्रको भूगोल बुझेको मान्छे पनि हुँ, यहींबाट राजनीति गरेको छु । पार्टीको क्षेत्री...
एमालेले मदन भण्डारी र माओवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भूसाल

एमालेले मदन भण्डारी र माओवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भूसाल

राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले आफ्नो पार्टीले मदन भण्डारी र नेकपा माओवादीले जनयुद्धको जडता छोड्नुपर्ने बताएका छन् । आइतबार आयोजित विचार गोष्ठीमा भूसालले एमालेमा मदन भण्डारीका नाममा ठूलो जडता रहेको समेत टिप्पणी गरे । ‘नेकपा एमाले भनिएकोमा पनि ठूलो जडता छ’ उनले भने, ‘मदन भण्डारीले सबै गरिसक्नुभयो हामीले केही गर्नुपर्दैन भन्ने जडता छ ।’ भूसालले भण्डारीलाई सुद बनाउने प्रयास भएको भन्दै अगाडि भने, ‘मदन भण्डारीलाई हामीले विकास गर्न छाडिसकेका छौं । मदन भण्डारीलाई सुद बनाउने अनि कुद खाएर बस्ने, विचार, सिद्धान्तको केही कुरा छैन ।’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित कार्यक्रममा भूसालले भने, ‘यो जडताबाट एमाले निस्कनुपर्‍यो । माओवादीले पनि जनयुद्धको धङधङी छोड्नुपर्‍यो।’...
पर्यटनमन्त्रीसँग लाइन विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

पर्यटनमन्त्रीसँग लाइन विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

समाचार, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार यो अवधिमा शुक्रबार भएको भनिएको घटनाबारे विस्तृत अनुसन्धान हुनेछ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीसहित दलबल लिएर पुगेका थिए । एउटा कार्यक्रमका लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि त्यहाँ पुगेका थिए । ‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरज...
इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो । काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो । वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो । २४ घण्टा समय द...
काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिने अल्टिमेटम

समाचार, बिजनेस
काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई कर बुझाउन सात दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले आइतबार सात वटा क्यासिनोलाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो। आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कर नबुझाएको भन्दै प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण बुझाउन महानगरले ताकेता गरेको हो। यस्तै नियमअनुसार लाग्ने जरिवानासमेत सात दिनभित्र बुझाउन महानगरले भनेको छ। महानगरले वडा नम्बर १ मा रहेका म्यारियटको डेल्टीन क्यासिनो होटल, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, वडा नम्बर २को र्‍याडिसन होटलको क्यासिनो र्‍याट, वडा नम्बर ६मा रहेको हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसनलाई पत्र लेखेको हो। यस्तै वडा नम्बर १३ मा रहेको सोल्टी होटलको माजोङ्ग इन्टरटेनमेन्ट, वडा नम्बर २६का एलफ्टको काल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई महानगरले पत...