समाचार

निर्वाचनलगत्तै समाजवादको यात्रा सुनिश्चित गर्न सडक संघर्षमा जान्छौं: प्रचण्ड

निर्वाचनलगत्तै समाजवादको यात्रा सुनिश्चित गर्न सडक संघर्षमा जान्छौं: प्रचण्ड

समाचार, प्रमुख समाचार, राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने बताएका छन्। निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न आफू निर्वाचनपछि सडक संघर्षमा जाने उनको भनाइ थियो। आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए। ‘अहिले त चुनाव आईनै सक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी। अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु। संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भईराखेको छ। हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु’, उनले भने, ‘सडकबाट मात्रै स...
राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

Breaking News, राजनीति, समाचार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिंड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीं कतै लेखेर दिनुपर्छ भनेर लेखेर दिन पनि तयार छु ।’   ...
क्यानडाको भिसा लिन श्रीमतीसहित छायाँ सेन्टर पुगेका थिए पर्यटनमन्त्री

क्यानडाको भिसा लिन श्रीमतीसहित छायाँ सेन्टर पुगेका थिए पर्यटनमन्त्री

समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए । एउटा कार्यक्रमका लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए । ‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भने । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजे । छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ । र उसले सबै सेवाग्राहीलाई समान व्यवहार गर्छ । ‘जो आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम हो, तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको थियो’ सेन्टरका एक कर्मच...
चुनाव लड्ने तयारी गरेका कुलमानलाई हरिवंशले दिए शुभकामना

चुनाव लड्ने तयारी गरेका कुलमानलाई हरिवंशले दिए शुभकामना

प्रमुख समाचार, समाचार
वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताएका छन् । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे । उनले भने, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभक...
एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

प्रमुख समाचार, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ । ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय सिट चाहियो भनि...
राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

प्रमुख समाचार, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् । कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ । त्यस्तै, प्रदेशसभा (क) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । जसमा रामकुमार कार्की, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् । त्यस्तै, प्रदेश सभा (ख) मा बाबुराम गौतम, मोहन खड्का र खड्गा योगी सिफारिस भएका छन् । त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर (क) मा ५ जना र (ख) ...
विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त मेरियट होटेलबाट पक्राउ

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त मेरियट होटेलबाट पक्राउ

समाचार, प्रमुख समाचार
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ । यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ । आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् । आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए । उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै उनी ...
कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

समाचार, प्रमुख समाचार, राजनीति
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए । यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा 'प्रहरी प्रशासन लगाएर, राज्...
अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य

अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य

समाचार
गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग छाड्न पहल गर्न आग्रह गरेका हुन्। उनले नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान नदिई स-साना कुरामा अल्झेर बसेको बताएका छन्। ‘हाम्रो नेवाः संघ-संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के-के नै गरेको जस्तो। अपूर्वलाई तुरून्त छोड्न लगाऊ,’ उनले फेसबुकमा लेखेका छन्। कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ गत शुक्रबार युट्युबमा राखिएको थियो। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए। विरोध भएपछि २४ घण्टा नबित...
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

बिजनेस, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने । अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ । आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।...